सृजना बि.क रामेछाप रामेछापको गाेकुलगंगा गाउँपालिका वडा नं १ चुचुरेमा १ हजार बढि मत खसेकाे छ । आइतबार सम्पन्न प्रदेश सभा र प्रतिनिधिसभाकाे निर्वाचनमा चुचुरे मतदान क्रेन्दबाट १ हजार २७७ मत खसेकाे हाे । मतदातामध्ये ६०२ जना महिला र ६७५ जना पुरुष रहेकाे सिधा प्रेसकी समचारदाता सृजना बिकले बताउनुभयो । चुचुरेमा कुल मतदाता संङ्ख्या २ हजार ६७७ रहेकाे छ ।
करिब बिहान साढे ७ बजेबाट सुरु भएकाे मतदान साँझ ५ बजे शान्तिपुर्ण ढङ्गले सम्पन्न भएकाे थियाे ।
त्यस्तै गाेकुलगंगा गाउँपालिका २ ठाेसेमा१ हजार ६९ मत खसेकाे छ । जसमा ५६३ जना पुरुष र ५०६ जना महिलाले मत खसालेका हुन् ।
यसैबीच वडा न ३ रस्नालुमा २ हजार ७५ वडा न ४ बेतालीमा १ हजार ८६१ वडा नं ५ नामाडीमा १ हजार ७४३ र वडा न ६ फर्पूमा १ हजार ५८ मत खसेकाे हो ।



















Discussion about this post