जिल्लाको लिखुपिके गाउँपालिकामा २५५८ मत खस्यो

सोलुखुम्बु :लिखुपिके गाउँपालिकामा जम्मा २५५८ मत खसेको छ । लिखुपिके १ गेप्चुकामा २५० लिखुपिके २ को बुद्व माबि मतदान केन्द्रमा ५९५ लिखुपिके २ कै नमुना आबि मतदान केन्द्रमा १४४ त्यस्तै वडा न ३ को हिमगंगा माबि मतदान केन्द्रमा ५२० वडा न ४ को जनसेवा आबि मतदान केन्द्रमा ५१९ त्यस्तै वडा न ५ मा रहेको चन्द्रज्योती माबि मतदान केन्द्रबाट ३६० र वडा न ५ कै बुढाकिन्जा आबि मतदान केन्द्रबाट १३० गरी उक्त मत खसेको हो ।

सोलुखुम्बुको मतगणना जिल्ला समन्वय समितिको हलमा हुने भएको छ । मध्यरातसम्म गाडी मार्फत् मतपेटिका सल्लेरी ल्याई मतपेटिका जिल्ला समन्वय समितिको कार्यालयमा राखिनेछ । राजनितिक दलहरुसँग हुने सोमबारको सर्वदलिय बैठक पश्चात् सोहि दिनबाट मतगणना सुरु गरिने कार्यक्रम रहेको छ ।
मतगणना जिल्ला समन्वय समितिको हलमा गरिनेछ । खुम्बु पासाङ ल्हामु गाउँपालिकाको मतदान केन्द्रका मतपेटिकाहरु हेलिकोप्टर मार्फत् सल्लेरी ल्याइने भएको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिकाको मतपेटिका हेलीकोप्टर मार्फत् सदरमुकाम सल्लेरी ल्याइने जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुनिलजंग शाहले जानकारी दिनुभयो ।
५ गते सोमबार बिहान हेलिकोप्टर मार्फत् सदरमुकाम ल्याइने भएको हो ।   अन्य ७ वटा स्थानीय तहको मतपेटिका प्रहरी र सेनाको सुरक्षामा गाडी मार्फत् सल्लेरी ल्याइने भएको छ । जसका लागि ४८ वटा सवारी साधन प्रयोग गरिने प्रमुख जिल्ला अधिकारी अनिल खनालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार