प्रतिनिधि र प्रदेशसभा सदस्य चयनका लागि सोलुखुम्बुमा मतदान शुरु

सोलुखुम्बु : प्रतिनिधि र प्रदेशसभा सदस्य चयनका लागि सोलुखुम्बुमा मतदान शुरु भएको छ । निर्वाचन आयोगले प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९ का लागि आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय निर्धारण गरेको छ । 
सोहि अनुसा्र जिल्लाका सबै मतदान केन्द्रमा मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका साहायक निर्वाचन अधिकृत नगेन्द्र कुमार कालाखेतीले जानकारी दिनुभयो ।  जिल्लाका सबै मतदान केन्द्रमा बिवादरहित मतदान सुरु भएको उहाँले बताउँनुभयो । 
प्रतिनिधि सभाको १६५ स्थान र प्रदेश सभाको ३३० स्थानका लागि आज प्रत्यक्ष मतदान शुरु भएको हो । त्यसैगरी प्रतिनिधि र प्रदेश सभाको समानुपातिक तर्फका लागि पनि आजै मतदान भइरहेको छ । त्यसका लागि आयोगले ४ वटा मतपत्रको व्यवस्था गरेको छ । 

कुन उम्मेदवार कहाँबाट मतलरदान गर्दैछन
सोलुखुम्बुमा २ महिला उम्मेदवार सहित २० जना उम्मेदवार चुनाबी मैदानमा रहेकाछन् । एक प्रतिनिधी सभा सदस्यका लागि सोलुखुम्बुवाट ८ जना उम्मेदवार चुनाबी मैदानमा रहेकाछन् ।
सोलुखुम्बु प्रदेश सभा क मा र प्रदेश ख मा भने ६÷६ जना उम्मेदवारहरु रहेकाछन् । सोलुखुम्बुमा प्रत्यक्ष तर्फका प्रतिनिधी सभामा एमाले उम्मेदवार मानवीर राईले माप्य दुधकोशी गाउँपालिका वडा नम्बर २ मा रहेको चन्द्रोद्वय आधारभूत विद्यालय, ठुल्ढुंगा मतदान केन्द्रवाट मतदान गर्नुहुनेछ ।

यस्तै प्रतिनिधी सभाका लागि बाम लोकतान्त्रिक गठबन्धनको तर्फवाट कांग्रेस उम्मेदवार बलबहादुर केसीले नेचा सल्यान गाउँपालिका वडा नम्बर २ को वि.पी. सँस्कृत मा.वि. सल्यान मतदान केन्द्रवाट मतदान गर्नुहुनेछ । जनता समाजवादी पार्टीका प्रतिनिधी सभा सदस्य उम्मेदवार लाक्पा शेर्पाको नामावली सोलुदुधकुण्ड नगरपालिका ५ को जन जागृति मा.वि. केन्द्रमा रहेको छ ।
प्रदेश सभा अन्तरगत प्रदेश सभा १ का नेकपा एमाले उम्मेदवार उत्तमकुमार बस्नेतको नाम थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर २ को काँगेल आधारभूत विद्यालय बाहुण्डी केन्द्रमा रहेको छ । यस्तै बाम लोकतान्त्रिक गठबन्धनका माओवादी उम्मेदवार गोम्बु शेर्पा कज्र्याङको मतदाता नामावली सोताङ गाउँपालिका वडा नम्बर २ को चेपेल आधारधूत विद्यालय चेपेल केन्द्रमा रहेको छ ।

प्रदेश सभा अन्तरगत प्रदेश सभा २ का नेकपा एमाले उम्मेदवार बुद्धिकुमार राजभण्डारीको नाम सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ६ को दोर्पू आधारभूत विद्यालय छुल्यामु केन्द्रमा रहेको छ । यस्तै बाम लोकतान्त्रिक गठबन्धनका माओवादी उम्मेदवार शिब बहादुर बस्नेतको मतदाता नामावली लिखुपिके गाउँपालिका वडा नम्बर २ को नमुना आधारभूत विद्यालय यर्माखु गोली केन्द्रमा रहेको छ । जनता समाजवादी पार्टीका उम्मेदवार महेश राना मगरको मतदाता नामावली खुम्बु पासाङल्हामु गाउँपालिका १ को खरिखोला मा.वि. मतदान केन्द्रमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार