सोलुखुम्बु: मंसिर ४(भोली) हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको सोलुखुम्बुमा तयारी पुरा भएको छ । भोली हुने निर्वाचनका लागि मतदान स्थल निर्माणसँगै अन्य तयारी पुरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत नगेन्द्र कुमार कालाखेतीले बताउनुभयो ।
सोलुखुम्बुमा निर्वाचनका लागि १ हजार ७७ जना कर्मचारी नेपाली सेना २ सय ७५, शसस्त्र प्रहरी २ सय जना, नेपाल प्रहरीे ६ सय ११ र ८ सय २९ जना म्यादी प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख तथा प्रहरी नायव उपरीक्षक सुनिल जंग शाहले जानकारी दिनुभयो । जिल्लामा १२२ मतदान स्थल, १३६ मतदान केन्द्र र एउटा अस्थायी मतदान केन्द्र तोकिएका छन् । यस निर्वाचनमा ८१ हजार ५ सय २ जनाले मताधिकार उपयोग गर्ने निर्वाचन कार्यालयले जनाएको छ । यस्तै जिल्ला कारागारबाट ४८ जना कैदीबन्दीले पनि आफ्नो मत अधिकार प्रयोग गर्दे छन
स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गर्नका लागि सबै मतदान स्थलमा म्यादी सहितको सुरक्षाकर्मी परिचालन गरिसकिएको छ । ८ वटा स्थानीय तह रहेको सोलुखुम्बुमा सबै तहमा तिन तहको सुरक्षा निकायको टोली परिचालित भइसकेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनिल खनालले जानकारी दिनुभयो । निर्वाचनमा पर्याप्त सवारीसाधन सुरक्षाकर्मीको नभएकाले भाडामा समेत लिएर सवारीसाधन सहित सुरक्षाकर्मी परिचालित भएको शसस्त्र प्रहरी बल सोलुखुम्बुका प्रमुख डिएसपी बिरेन्द्र खनालले बताउँनुभयो
१ सय २२ मतदान स्थल रहेको सोलुखुम्बुमा नेपाली प्रहरीको पहिलो घेरा, दोस्रो मा शसस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना परिचालन हुनेछ ।नेपाल जिल्ला सुरक्षा समितिले ३ तहमा मतदानस्थल वर्गिकरण गरि सुरक्षा योजना लागु गरेको छ । सोलुखुम्बुमा अति संवेदनसिल ११, संवेदनसिल ३३ र सामान्य ७८ वटा मतदानस्थल रहेका छन् ।
निर्वाचनमा मतदाताले शान्तिपूर्ण वातावरणमा निर्वाध रुपले मतदान गर्ने अधिकारको सुनिश्चितताका लागि शान्ति सुरक्षाको कडा व्यवस्था बनाइएको छ भने निजी तथा सार्वजनिक सवारी पुर्ण रुपमा बन्द गरिएको प्रजिअ खनालले बताउँनुभयो ।
कुन उम्मेदवार कहाँबाट चुनाब लड्दै हेर्नुहोस
सोलुखुम्बुमा २ महिला उम्मेदवार सहित २० जना उम्मेदवार चुनाबी मैदानमा रहेकाछन् । एक प्रतिनिधी सभा सदस्यका लागि सोलुखुम्बुवाट ८ जना उम्मेदवार चुनाबी मैदानमा रहेकाछन् ।
सोलुखुम्बु प्रदेश सभा क मा र प्रदेश ख मा भने ६÷६ जना उम्मेदवारहरु रहेकाछन् । सोलुखुम्बुमा प्रत्यक्ष तर्फका प्रतिनिधी सभामा एमाले उम्मेदवार मानवीर राईले माप्य दुधकोशी गाउँपालिका वडा नम्बर २ मा रहेको चन्द्रोद्वय आधारभूत विद्यालय, ठुल्ढुंगा मतदान केन्द्रवाट मतदान गर्नुहुनेछ ।
यस्तै प्रतिनिधी सभाका लागि बाम लोकतान्त्रिक गठबन्धनको तर्फवाट कांग्रेस उम्मेदवार बलबहादुर केसीले नेचा सल्यान गाउँपालिका वडा नम्बर २ को वि.पी. सँस्कृत मा.वि. सल्यान मतदान केन्द्रवाट मतदान गर्नुहुनेछ । जनता समाजवादी पार्टीका प्रतिनिधी सभा सदस्य उम्मेदवार लाक्पा शेर्पाको नामावली सोलुदुधकुण्ड नगरपालिका ५ को जन जागृति मा.वि. केन्द्रमा रहेको छ ।
प्रदेश सभा अन्तरगत प्रदेश सभा १ का नेकपा एमाले उम्मेदवार उत्तमकुमार बस्नेतको नाम थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर २ को काँगेल आधारभूत विद्यालय बाहुण्डी केन्द्रमा रहेको छ । यस्तै बाम लोकतान्त्रिक गठबन्धनका माओवादी उम्मेदवार गोम्बु शेर्पा कज्र्याङको मतदाता नामावली सोताङ गाउँपालिका वडा नम्बर २ को चेपेल आधारधूत विद्यालय चेपेल केन्द्रमा रहेको छ ।
प्रदेश सभा अन्तरगत प्रदेश सभा २ का नेकपा एमाले उम्मेदवार बुद्धिकुमार राजभण्डारीको नाम सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ६ को दोर्पू आधारभूत विद्यालय छुल्यामु केन्द्रमा रहेको छ । यस्तै बाम लोकतान्त्रिक गठबन्धनका माओवादी उम्मेदवार शिब बहादुर बस्नेतको मतदाता नामावली लिखुपिके गाउँपालिका वडा नम्बर २ को नमुना आधारभूत विद्यालय यर्माखु गोली केन्द्रमा रहेको छ । जनता समाजवादी पार्टीका उम्मेदवार महेश राना मगरको मतदाता नामावली खुम्बु पासाङल्हामु गाउँपालिका १ को खरिखोला मा.वि. मतदान केन्द्रमा रहेको छ ।



















Discussion about this post