सृजना बि.क रामेछाप
रामेछापको गाेकुलगंगा गाउँपालिका वडा नं १ चुचुरेस्थित शिव आधारभूत विधालयमा ग्रिन जाेन नेपालले १ दिने गाेष्ठि आइतबार सम्पन्न गरेको छ । गाेष्ठिमा प्रमुख अनुसन्धानकर्ता सावित्री राईले लाेपाेन्मुख वन्यजन्तु रेड पाण्डाकाे संरक्षण कसरी गर्ने भन्ने विषयमा प्रशिक्षण दिनुभएकाे सिधा प्रेसकी सम्बाददाता सृजन बिकले बताउनुभयो ।
गाेष्ठिमा विधार्थीलाई समेत प्राक्टिकल गराइएको थियाे । ग्रिन जाेन नेपालले रामेछाप जिल्लास्थित गाैरीशंकर संरक्षण क्षेत्र अन्तर्गत गाेकुलगंगा गाउँपालिकाकाे ४ वटा र उमाकुण्ड गाउँपालिकाकाे २ वटा विधालयमा रेड पान्डाकाे संरक्षण सम्बन्धि विविध कार्यक्रम सञ्चालन गर्दै आएकाे छ ।
कार्यक्रममा जट्टेश्वरी माध्यमिक विधालयका प्रधानध्यापक माेहन कुमार खड्का र भालेपाेखरी आधारभूत विधालयका प्रधानध्यापक लाेकध्वज कार्की विधार्थी तथा अविभावककाे सहभागिता थिए ।



















Discussion about this post