सोलुखुम्बुका भलिबल खेलाडी बिष्णु बस्नेत अन्तराष्ट्रिय पुरुष भलिबल खेलका लागि छनौट

सोलुखुम्बु :सोलुखुम्बुका भलिबल खेलाडी बिष्णु बस्नेत अन्तराष्ट्रिय पुरुष भलिबल खेलका लागि छनौट भएका छन् । सेन्ट्रल एशियल भलिबल एशोसियसनको संयोजन तथा बंगलादेश भलिबल फेडरेशनको आयोजनामा यहि डिसेम्बर २० देखि २६ सम्म बंगलादेशको ढाकामा हुन लागेको बंगाबन्धु एशियन अण्डर २३ सेन्ट्रल एशियन जोन अन्तराष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको लागि सोलुखुम्बुका बस्नेत छनौट हुनु भएको नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले जानकारी दिनुभयो ।
भलिबल खेलाडी बस्नेत सोलुखुम्बु लिखु पिके गाउँपालिकाका वडा न २ का स्थायी बासिन्दा हुन् । नेपाल भलिबल संघले कार्तिक २१ गतेदेखि २४ गतेसम्म राष्ट्रिय खेलकुद परिषदको कभर्ड हल काठमाण्डौमा खुला छनौटवाट २३ बर्ष मुनिका खेलाडीहरु सम्मिलित टिम छनौट गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार