मत बदर नहोस भनि सोलुखुम्बुमा नमुना मतदान

सोलुखुम्बु:आगामी मसिर ४ गते निर्वाचनलाई लक्षित गर्दै जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुले थुलुङ दुधकोशी गाउँपालिकामा नमुना मतदान सम्पन्न गरेको छ । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा मतदातालाई मतदान बारे जानकारी दिने उद्देश्यले गरिएको नमुना मतदानमा ६८ जना सर्वसाधरण सहभागी भएको जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुले जनाएको छ ।
मत बदर हुनबाट जोगाउनका लागि निर्वाचन कार्यालयले मतदाता शिक्षा कार्यक्रम अन्तरगत नमुना मतदान गरेको हो । थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर १ नेलेमा मङ्गलबार भएको नमुना मतदानमा कुनै पनि मत बदर नभएको कार्यालयले जनाएको छ ।

नमूना मतदानका क्रममा महिला, पुरुष र अशक्तको छुट्टाछुट्टै लाइन बनाएर मतदाता परिचयपत्र तथा मतदान अधिकृतको हस्ताक्षर रुजु गर्दै गोप्य कोठामा मत हाल्ने व्यवस्था मिलाइएको थियो । नमूना मतदानका क्रममा सर्वसाधारणलाई स्वस्तिक छाप लगाउन र मतपत्र पट्याएर मत पेटिकामा खसाल्ने विधि लगायतका विषयमा जानकारी दिइएको छ । नमुना मतदानलाई स्थानीय बासिन्दाले आगामी निर्वाचन अघि मतदान गर्ने अभ्यासका रुपमा लिएका छन् । नमुना मतदानले मतदातामा मतदान सम्वन्धी अलमल हट्ने निर्वाचन कार्यालयको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार