प्रितीमा ट्याक्टर पल्टिदाँ एकको ज्यान गयो, गम्भीर घाइते एकलाई काठमाडौं लगियो

रामेछाप: रामेछापको प्रितीमा ट्याक्टर पल्टिदाँ ट्याक्टरमा सवार एक जनाको मृत्यु भएको छ । भने दुई जना सामान्य र एक जना गम्भीर घाइते भएका छन् ।
उमाकुण्ड गाउँपालिका वडा नं ५ प्रितीको साविकको प्रितीको गाविसको चिलाउन संसारीडाँडा भन्ने ठाउँमा लिखु नदीमा लागेको बेनीमेलामा गएर फर्किदै गरेको लु ३ त २४९९ नम्बरको ट्याक्टर रोकेर सामान झार्ने बेलामा पल्टीदाँ स्थानीय प्रेमबहादुर सुवुवारको ज्यान गएको प्रिती प्रहरीले जानाकारी दिएको छ ।

दुर्घटनामा परिचय नखुलेका अन्य केही घरफर्किदै गरेका तीन जना घाइते भएका छन् । एक जनालाई उपचारको लागि काठमाडौं लगिएको छ । भने दुई जना स्थानीय प्राथामिक अस्पतालमा सामान्य उपचारपछि घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार