काँग्रेस युवा नेता सुरज बस्नेतको पहलमा लिखुपिकेका केहि बिद्यालयलाई पोषक र झोला सहयोग

सोलुखुम्बु:नेपाली काँग्रेस लिखुपिके गाउँ कार्य समितीका सभापती तथा समाजसेवी सुरज बस्नेतको पहलमा लिखुपिके गाउँपालिका भित्र रहेका बिभिन्न बिद्यालयलाई जुनिपर ट्रस इङ्ल्याण्डले सहयोग गरेको छ । केहि समय अघि लिखुपिके ५ मा रहेको बुढाकिन्जा आधारभुत बिद्यालय , वडा न ४ मा रहेको जनसेवा आधारभुत बिद्यालय र सरस्वती आधारभुत बिद्यालयलाई सहयोग गरेको थियो भने शुक्रबार वडा ३ मा रहेको बिद्यारात्री आधारभुत बिद्यालयलाई झोला र केहि बिद्यालयलाई भनि ट्रयाकसुट बितरण गरिएको युवा नेता सुरज बस्नेतले सिधा प्रेसलाई बताए ।

इङल्याण्ड देश अन्तरगतका केहि बिदेशीले आफुले ब्यक्तिगत खर्चको थोरै थोरै रकम जम्मा गरी सोलुखुम्बुका बिभिन्न बिद्यालयलाई सहयोग गरिरहेको जुनिपर ट्रसका अभिषेक पाण्डेले बताए । साथै पाण्डेले बाताबरण स्वच्छ र हराभरा बनाईरहन बिगतका बर्षहरुमा लिखुपिकेबासीहरुलाई बिभिन्न फलफुलका बिरुवा समेत बितरण गरिएको पनि बताए ।

उक्त संस्थामार्फत २०७२ सालको भुकम्प पछी सुरज बस्नेतको पहलमा थुप्रै बिद्यालय समेत निर्माण गरेको पनि उक्त संस्थाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार