सोलुखुम्बु:सोलुखुम्बुमा मतदाताको संख्या ८१ हजार बढि पुगेको छ । निर्वाचन आयोगले प्रकाशित गरेको तथ्यांक अनुसार सोलुखुम्बुको मतदाता संख्या ८१ हजार ५ सय २ रहेको छ आयोगको तथ्याङक अनुसारका सबैभन्दा बढि सोलु दुधकुण्ड नगरपालिकामा मतदाता छन भने सबैभन्दा कम लिखुपिके गाउँपालिका रहेका छन । सोलु दुधकुण्ड नगरपालिकामा १९ हजार ५ सय ६३ जना रहेको छन भने लिखुपिके गाउँपालिकामा ४ हजार ९ सय ४५ जना रहेको आयोगले जनाएको छ । थुलुङ दुधकोशी गाउँपालिकामा १५ हजार १ सय १०, नेचासल्यान गाउँपालिकामा १० हजार ४ सय ४३, माप्यदुधकोशी गाउँपालिकामा १० हजार ५ सय ४२, महाकुलुङमा ७ हजार ८ सय ४९, सोताङमा ७ हजार ६४ र खुम्बु पासाङ ल्हामुमा ५ हजार ९ सय ८७ जना रहेको जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुले जनाएको छ ।



















Discussion about this post