सोलुखुम्बु:सोलुखुम्बुका प्रतिनिधिसभा तर्फका उम्मेदवारले ३३ लाख भन्दा बढी खर्च गर्न नपाउने भएका छन् । निर्वाचन आयोगले प्रतिनिधि तथा प्रदेश सभा उम्मेदवारले खर्च गर्न पाउने सीमा पनि निर्धारण गरे अनुसार सोलुखुम्बुका प्रतिनिधिसभाका उम्मेदवारले ३३ लाख र प्रदेश सभा क का उम्मेदवारले १९ लाख र ख का ले २३ लाख खर्च गर्न पाउने भएका निर्वाचन आयोगले जनाएको छ ।
प्रदेशसभाका उम्मेदवारले प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीतर्फ फरक–फरक खर्च सीमा निर्धारण गरिएको आयोगले जनाएको छ । आयोगले निर्वाचन क्षेत्रको आधारमा अधिकतम १५ लाखदेखि २३ लाखसम्म खर्चको मापदण्ड निर्धारण गरेको छ । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यले गर्न पाउने खर्चको फरक–फरक सीमा निर्धारण गरे लगत्तै प्रदेशसभातर्फ पनि क्षेत्रगत रूपमा फरक–फरक खर्चको सीमा निर्धारण गरेको आयोगका प्रवक्ता समेत रहेका सहसचिव शालिग्राम पौडेलले जानकारी दिनुभयो ।



















Discussion about this post