देशभर चिसो बढ्यो, मौसमविद् भन्छन् : यो हप्ता यस्तै रहन्छ

काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण देशभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले गत हप्तादेखि देशभर तापक्रम घट्दै गइरहेको बताए ।

पश्चिमबाट हावा चलेको र कहिलेकाहीँ उत्तरपश्चिम भेग हिमालतिरबाट पनि हावा आउने हुँदा चिसो बढेको वरिष्ठ मौसमविद् पौडेलले जानकारी दिए । तुलनात्मक रुपमा यो हप्ता यत्तिकै चिसोको अवस्थामा रहने र तापक्रम निरन्तर नघट्ने बताए ।

‘यो गर्मी सकिएको र जाडो आउन लागेको अवस्था हो । अहिले नै जाडो पूरै भइसक्यो भन्ने अवस्था त छैन । यद्यपि गतहप्ता देखि नै देशभरिको तापक्रम घट्दै गएको छ’ उनले भने, ‘आज जुम्ला, जोमसोम, जिरी लगायतको क्षेत्रमा एक, जिरो डिग्रीको हाराहारीमा छ रातिको न्युनतम तापक्रम । जुन जाडो बढाउने तापक्रम हो । काठमाडौंमा पनि ११ डिग्रीको हाराहारीमा तापक्रम पुगेको छ त्यसैले तापक्रम घटेर चिसो महशुस भएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार