जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको सेवा राति ७ बजेसम्म 

सोलुखुम्बु । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा सेवा ग्राहीको चाप बढेको छ । दशै पछि कार्यालयमा नयाँ नागरिकता बनाउने, राष्ट्रिय परिचय पत्र बनाउने र राहाधानीका लागी सिफारिस लिने सेवाग्राही हरूको भिड लागेको प्रमुख जिल्ला अधिकारी अनिल खनालले जानकारी दिनुभयो । दैनिक २ सय भन्दा बढि सेवाग्राही विभिन्न सेवा लिन प्रशासन पुग्ने गरेका छन । प्रतिनिधिसभा तथा प्रदेश चुनाव नजिएकोले पनि नयाँ नागरिकता बनाउने र सामाजिक सुरक्षा पाउनको लागी पनि नागरिकताको आवश्यकता पर्ने भएकोले पनि चाप बढेको प्रजिअ खनालको अनुमान छ ।

नागरिकता लिने भन्दा पनि नागरिकताको प्रतिलिपि लिने व्यक्तिहरू धेरै रहेको उहाँको भनाई छ । प्रतिलिपि दिनको लागी पुराना ढड्डाहरू हेर्नुपर्ने भएकोले कार्यसम्पादनमा अझ ढिलाइ हुने गरेको छ ।

यता सिमित कर्मचारी र सेवाग्राहीको चाप बढी भएकाले कार्यालयीय समय भन्दा अन्य समयमा समेत सेवा प्रवाह गर्नुपर्ने बाध्यता रहेको  प्रजिअ खनालले बताउँनुभयो । राति ७ बजे सम्म कार्यालयबाट सेवा प्रवाह गर्ने गरेको भन्दै उहाँले सेवा लिन आउँने जोकोहीलाई कार्यालयीय समयको कारण नर्फकाउने गरेको बताउँनुभयो ।   एक पटक गित पनि सुन्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार