सोलुखुम्बु-लिखुपिके गाउँपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले विभिन्न वडामा प्राकृतिक विपत्तिबाट भएको क्षतिलाई सम्बोधन गर्दै राहत तथा पुनर्निर्माणसम्बन्धी महत्त्वपूर्ण निर्णय गरेको छ।
गाउँपालिका अध्यक्ष एवं समितिका संयोजक मिना कार्की बस्नेत को अध्यक्षतामा चैत २४ गते बसेको बैठकले आगलागी र पहिरोबाट प्रभावित नागरिकलाई खानेपानी पाइप, जाली तथा आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो।
वडा नं. २ मा वन डढेलोका कारण क्षति पुगेको खानेपानी पाइप प्राविधिक लागत स्टिमेटका आधारमा पुनः उपलब्ध गराइनेछ।
वडा नं. २ स्थित यज्ञ बहादुर बस्नेतको घर नजिकै गएको पहिरो नियन्त्रणका लागि प्राविधिक स्टिमेट अनुसार जाली उपलब्ध गराइनेछ।
त्यसैगरी, सोही वडाकी मेस्की यमुना थापाको घर पहिरोको जोखिममा रहेकाले संरक्षणका लागि १५ थान जाली उपलब्ध गराउने निर्णय गरिएको छ।
गाउँपालिकाका विभिन्न स्थानमा डढेलो, बाढी तथा पहिरोबाट भएको क्षतिपछि सम्पन्न पुनर्निर्माण कार्यको प्राविधिक लागत स्टिमेटका आधारमा सम्बन्धित पक्षलाई भुक्तानी दिने निर्णय गरिएको छ।
बैठकमा छलफल भएका सबै प्रस्तावहरूलाई आगामी कार्यपालिका बैठकमा अन्तिम अनुमोदनका लागि पेश गरिनेछ।
बैठकमा उपाध्यक्ष ङवाङ ल्हाक्पा शेर्पा,प्रमुम प्रशासकिय अधिकृत विकेनपौडेल, वडा न २ का वडा अध्यक्ष मणिराज बस्नेत, सुरक्षाकर्मी , पत्रकार लगायतको उपस्थिति रहेको थियो भने सदस्य सचिव अमृत बहादुर बस्नेतले सहजीकरण गर्नुभएको थियो।
गाउँपालिकाले विपद्को अवस्थामा नागरिकको जिउधनको सुरक्षा र समस्याको तत्काल समाधानका लागि यस्तो निर्णय गरिएको जनाएको छ।



















Discussion about this post