सिद्वेश्वर शिक्षा पव्लिक क्याम्पसकाे १९ ओैँ बार्षिकाेत्सव सम्पन्न

रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका वडा न २ सोतर्मुमा रहेको सिद्वेशवर शिक्षा पव्लिक क्याम्पसकाे १९ ओैँ बार्षिकाेत्सव तथा क्याम्पस सभा सम्पन्न भएको छ ।

पुर्व मन्त्री तथा समाजसेवि आङ छिरिङ लामाको अध्यक्षता तथा उमाकुण्ड गाउपालिका अध्यक्ष सेर बहादुर सुनुवारकाे प्रमुख आतित्यता सँगै उमाकुण्ड गाउँ पालिका उपाध्यक्ष सावित्रि सुनुवार समाजसेवि बयबृद्व सय बर्षिय हिक्मत बहादुर कार्कि समाजसेवि गेल्जे लामा ललितकला क्याम्पस उपप्रध्यापक नरेन्द्र प्रसाद भण्डारि शिक्षा विकाश तथा समन्वय ईकाई प्रमुख नेत्र प्रसाद गजुरेल संस्थापक उपाध्यक्ष तथा समाजसेवि कुमार कार्कि जग्गादाता क्याम्पस सञ्चालक समिति समाजसेवि जाङ्बु लामा जग्गादाता पेम्बा छिरिङ लामा समाजसेवि तथा शेर्पा बाेर्डिङ स्कुल संचालक नुरि लामा त्यस्तै उमाकुण्ड गाउँपालिका १ देखि ७ सम्मका वडा अध्यक्ष ७ वटै माविका प्र.अ त्यस्तै लिखुपिके गाउँपालिकाका ३ वटै माबिका प्रधानध्यापक लगगायत उमाकुण्ड गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अभिनय अधिकारी , शिक्षा युवा तथा खेलकुद शाखाका शाखा प्रमुख ङावा शेर्पा लगायत बाम्तिभण्डारका बुद्विजिबीहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।


कार्यक्रममा २०६३ सालमा स्थापना भएको क्याम्पसलाई हालसम्मको अबस्थामा ल्याउन महत्त्वपूर्ण सहयोग पुर्याउने संस्थापक अध्यक्ष लगायत क्याम्पस प्रखुम एबम विभिन्न ब्यक्तित्वहरुलाई प्रशंसा पत्र तथा सम्मान पत्र द्वारा सम्मान गरिएको थियो । साथै कार्यक्रममा उक्त क्याम्पस निर्माण गर्न ठूलो योगदान गर्ने ब्यक्तिहरुको तस्बिर कार्यलयभित्र सार्बजानिक गरिएको थियो । कार्यक्रममा बोल्दै सिद्वेश्वर शिक्षा पल्बिक क्याम्पसका क्याम्पस प्रमुख जगदिश बस्नेतले सबैको साथ र सहयोगले रामेछाप जिल्लाकै आफ्नै बिद्यालयको जग्गा भएको उक्त क्याम्पस स्थापना हुन सकेको बताउनुभयो । त्यस्तै उमाकुण्ड गाउँपालिका अध्यक्ष सेर बहादुर सुनुवाले क्याम्पस संञ्चालनमा महत्त्वपूर्ण भुमिका खेल्नुहुने जग्गादाता तथा विभिन्न क्षेत्रबाट सहयोग गर्नुहुने ब्यक्तिहरुलाई इतिहाँले सम्झिरहने बताउनुभयो ।
त्यस्तै जिल्ला समन्वय समिती रामेछापका इकाई प्रमुख नेत्र प्रसाद गजुरेलले बाम्तिभण्डारका यस्ता मनकारी ब्यक्तिको सहयोग देख्दा मनमा खुसिले आँखा रसाएको बताउनुभयो । कार्यक्रममा बोल्दै शिक्षाबिद क्याम्पस निर्माणमा ठूलो योगदान पुर्याउनु भएका क्यापस प्रमुख ज्ञान बहादुर क्षेत्रीले क्याम्पस निर्माण गर्दा र हालसम्मको अबस्थाको बिषयमा आफ्ना धाराणाहरु राख्नु भएको थियो । कार्यक्रमम पुर्व मन्त्री तथा समाजसेवि आङ छिरिङ लामाको अध्यक्षतामा नयाँ क्याम्पस संञ्चालक समिती गठ्न भएको छ । साेही कार्यक्रममा सहायक क्याम्पस प्रमुख जगदीश बस्नेतले क्याम्पसकाे वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियाे । कार्यक्रमकाे अन्त्यमा, उक्त वार्षिक प्रगति प्रतिवेदन, क्याम्पसकाे आ.व. २०८०/०८१ लेखापरीक्षण प्रतिवेदनलाई सभाले अनुमाेदन गर्दै क्याम्पसकाे नयाँ संचालन समिति र क्याम्पस प्रमुख समेत चयन गरिएको थियाे । नवगठित क्याम्पस संचालन समितीको क्याम्पस प्रमुखको रूूपमा जगदिश बस्नेत चयन हुनुभएको छ ।

(कार्यक्रमका तस्बिरहरू )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार