दाङको भालुवाङमा बस दुर्घटनामा १२ जनाको मृत्यु

काठमाडौँ:दाङ देउखुरीको राप्ती गाउँपालिका १ भालुवाङमा भएको बस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । २३ जना घाइते भएका छन् ।

मृतकमध्ये हालसम्म ८ जनाको सनाखत भएको छ ।
मृतकहरूमा बाँकेका ६० वर्षका कुसुम बस्नेत, ३० वर्षका रामवरण हरिजन, जुम्ला श्रीढुङ्गाका ४० वर्षका मुनबहादुर राउत, मकवानपुर हेटौडाका ३९ वर्षका शौरभ विष्ट, रुकुमको साविक गोतामकोट गाविसका २५ वर्षका दीपक कामी, काठमाडाैँ चन्द्रागिरीका ६४ वर्षका ताराकान्त पाण्डे, भारत विहारका ६७ वर्षका जोगेन्द्र भनिने योगेन्द्र राम र भारत उत्तर प्रदेशका ३१ वर्षका मुने रहेका छन् ।

मुने भनिने व्यक्तिको थर र बाँकी ४ जना मृतकको पहिचान खुल्न बाँकी रहेकाे इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहले बताउनुभयो । बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस गयराति साढे १० बजेतिर पुलबाट राप्ती नदीमा खसेको थियो ।
धेरैजसोको बसले च्यापिएर मृत्यु भएको छ । प्रहरी निरीक्षक सिंहका अनुसार १२ वटै शव पोष्टमार्टमका लागि लमही अस्पतालमा लगिएको छ । चालकलाई पक्राउ गरिएको र दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको पनि प्रहरी निरीक्षक सिंहले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार