रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा नं २ बम्तिमा अबस्थित समृद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको एकीकरण पछिको सातौं साधारण सभा सम्पन्न भएको छ । मुख्य कार्यालय सोहि ठाउमा रहेको संस्थाको साधारणसभा सोहि वडाका वडा अध्यक्ष खम्ब ध्वज बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

साधारण सभामा हाल सम्मको सहकारीको प्रगति प्रतिबेदन, बित्तिय पूजीको अवस्था सहित भाबी योजना समेत प्रस्तुत गरिएको संस्थाका ब्यबस्थापक दिपक कार्कीले बताउनुभयो ।
सहकारीको ९६४ सेयर सदस्य उपस्थितिमा सोहि दिन नयाँ कार्यसमिति चार बर्षका लागि चयन भएका छन् | जसमा ११ सदस्यीय सन्चालक समिति र तीन लेखा समिति रहेको छ ।

नया कार्यसमितिको विवरण हेर्नुहोस
अध्यक्ष – शिव बहादुर बस्नेत
अपाध्यक्ष – गृह बहादुर बस्नेत
सचिब – जीवन घताने
कोषाध्यक्ष – लक्ष्मी बस्नेत
सदस्यहरु – छौङवा शेर्पा, आङपासांग शेर्पा, हिरण कुमार श्रेष्ठ, शिव बहादुर बस्नेत, कुर्सांग डोमा शेर्पा , इश्वरी बस्नेत, र गणेश बहादुर कार्की ।
तिन सदस्यीय लेखा समिति
संयोजक – गजेन्द्र बहादुर बस्नेत
सदस्य – जगत बहादुर कार्की
सदस्य – मन्दिरा खड्का



















Discussion about this post