लिखुपिके गाउँपालिकामा बजार अनुगमन

सोलुखुम्बु:सोलुखुम्बुको लिखु पिके गाउँपालिकाको मुख्य बजार अनुगमन भएको छ । लिखु पिके गाउँपालिकाको स्थानिय बजार अनुगमन ऐन २०७७ बमोजिम गठ्न भएको अनुगमन समिती मार्फत उक्त बजार अनुगमन भएको अनुगमन समितीका संयोजक तथा गाउँपालिका उपाध्यक्ष ङवाङ ल्हाक्पा शेर्पाले बताउनुभयो ।

लिखु पिके ३ मा रहेको बजारमा रहेका होटल, खाजा घर, बेकरी क्याफे, किराना पसल, खाद्यान्न पसल, फेन्सी पसल,अनुगमन गरिएको हो जसमध्ये १३ वटा होटल पसल दर्ता नभएको,११ वटा दर्ता भएको र २ वटा पसल नबिकरण नभएको पाइएको छ ।
दर्ता नभएका होटल पसललाई दर्ता गराउन पहेँलो स्टिकर टाँसेर समयमै दर्ता गर्नुहोला भनिएको छ भने ,दर्ता भइ नबिरण गरिएकालाई धन्यबादको स्टिकर सहित निलो रङमा टाँस गरिएको छ ।
अनुगमनमा प्रहरी कार्यलय चौलाखर्कका प्रमुख महेश निरौला, गाउँपालिका उपाध्यक्ष ङवाङ ल्हाक्पा शेर्पा, वडा नम्बर ३ का वडा अध्यक्ष धुर्ब बहादुर बस्नेत, वडा न ४ का वडा अध्यक्ष हिक्मत बहादुर बस्नेत, पत्रकार, सुरक्षाकर्मी, अनुगमन समितीका सदस्य सचिब अनुप राज बस्नेत लगायतको सहभागिता रहेको थियो ।
स्थनिय निकाएले पहिलो पटक बजार अनुगमन गरेको हो । लिखु पिके गाउँपालिकामा अन्य ब्यापारिक क्षेत्रमा पनि अनुगमन हुने गाउँपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार