गुम्देलमा एक महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक बालक पक्राउ

सोलुखुम्बु:रामेछापको उमाकुण्ड गाउँपालिका–१ गुम्देलमा एक महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक १५ बर्षिय बालकलाई प्रहरीले पक्राउ गरेको छ । आफुमाथि १५ बर्षिय बालकले यौन दुर्व्यवहार गरेको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय रामेछापले बालकलाई पक्राउ गरेको हो । पीडित महिलाले आफूमाथि यौन दुर्व्यवहार भएको उजुरी दिएपछि बालकलाई हिजो नियन्त्रणमा लिएर अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ । ती बालकलाई भोली रामेछाप जिल्ला अदालतबाट म्याद थप गरेर थप अनुसन्धान अघि बढाउने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार