सोलुखुम्बु:लिखुपिके गाउँपालिकाले प्राविधिक विषय अध्ययन गर्न चर्को शुल्क तिर्नु पर्ने कुरालाई मध्यनजर गर्दै लिखु पिके गाउँपालिकाको वडा न ३ मा रहेको हिमगंगा मा.वि. लाई प्राविधिक धार अन्तरगत वाली विज्ञान कक्षा ९-१२ सञ्चालन गर्न माग भए वमोजिम सम्बन्धित निकायबाट समेत सञ्चालन गर्न दिने निर्णय भई प्राप्त पत्रको आधारमा हिमगंगा मा.वि.मा २०८० बाट नै प्राविधिक धार ९-१२ सञ्चालन गर्न अनुमती दिँदै सञ्चालन गर्न निर्देशित गरिएको छ ।

छात्रछात्राहरुलाई अत्यन्त सर्ब शुलभ हुने गरी सरकारी स्तरबाट सञ्चालन हुने प्राविधिक धार कक्षा ९ वाली विज्ञान सञ्चालन हुने शिक्षा शाखा संयोजक रेखराज बस्नेतले बताउनुभयो।
हिमगंगा माबिमा सर्व शुलभ माध्यमबाट योग्य अनुभवी शिक्षकबाट भरपर्दो शिक्षा प्रदान हुने समेत सरोकार सबैमा गाउँपालिकाले जनाएको छ । लिखुपिके,उमाकुण्ड , खिजिदेम्बा गाउँपालिका लगायत आसपासका छात्राछात्रहरुले बिद्यालयमा सम्पर्क राखि समयमै भर्ना हुन हिमगंगा माबिले जनाएको छ ।

लामो समयको प्रयासपछी घर गाउँमै बाली बिज्ञान सञ्चालन हुने भएपछि बिद्यार्थीहरुलाई अध्ययन गर्न सहर्ज हुने लिखुपिके ३ का वडा अध्यक्ष धुर्ब बहादुर बस्नेतले बताउनुभयो ।



















Discussion about this post