लिखुपिके ३ रिस्ती सिरुवा ट‍ोलका ५७ घरधुरीमा खानेपानी संञ्चालन

सोलुखुम्बु-लिखुपिके गाउँपालिका वडा न ३ रिस्ती सिरुवा टोलका ५७ घर धुरीमा स्वाच्छ खानेपानी सञ्चालनमा आएको छ । प्रदेश खानेपानी तथा सब डिभिजन कार्यलय सल्लेरी सोलुखुम्बु द्वार आर्थिक बर्ष ०७९/८० को बजेट अनुरुप उक्त टोलमा खानेपानी सञ्चालनमा आएको लिखुपिके गाउँपालिका वडा न ३ का वडा अध्यक्ष धुर्ब बहादुर बस्नेतले बताउनुभयो । हाल ५७ घरधुरीमा पानी सञ्चालन भईसकेकाले आयोजनाको रकम चाडैँ भुक्तानी गर्ने ब्यबस्था मिलाईदिन पनि सम्बन्धित निकाएलाई उपभोक्ता समितीका अध्यक्ष मोहन बहादुर बस्नेतले बताउनुभयो । खानेपानी सञ्चालन भएपछी उक्त क्षेत्रमा पानीक‍ो समस्या नआउनेमा लिखुपिके गाउँपालिका अध्यक्ष मिना कार्की(बस्नेत)ले बताउनुभयो ।
त्यस्तै गाउँपालिका उपाध्यक्ष ङवाङ ल्हाक्पा शेर्पाले सञ्चालन भएको खानेपानीलाई सबै घरधुरीले सदुप्रयोग गरी सञ्चालन गर्न आग्रह गर्नुभयो ।
वडा न ३ को अन्य टोलमा पनि खानेपानी सञ्चालनको अन्तिम तयारीमा रहेको वडा अध्यक्ष धुर्ब बहादुर बस्नेतले सिधा प्रेसलाई बताउनुभयो । शनिबार गाउँपालिका अध्यक्ष ,उपाध्यक्ष र वडा न ३ का वडा अध्यक्ष ,सदस्य लगायतले आयोजना स्थलको स्थलगत अनुगमन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार