रामेछाप-हिमालको फेरि उमाकुण्ड गाउँपालिका वडा न १ लाछेवरमा रहेको हिमालय आधारभूत विद्यालयको उमाकुण्ड गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रा.शा ङावा शेर्पाको उपस्थितिमा अनुगमन तथा निरीक्षण गरिएको बिद्यालयले जनाएको छ।

शिक्षा,युवा, तथा खेलकुद शाखाका प्रा.शा.ङावा शेर्पाले बिद्यालयका अनुगमनका क्रममा बालबालिकाकाे पठन, लेखन तथा गणितीय आधारभूत सीपको परीक्षण समेत गर्नुभएको हो । बालबालिकामा भएकाे कमीकमजोरी सुधार गर्नका लागि आफ्नाे अनुभव समेत साटासाट गरिएको उहाँले सिधा प्रेसलाई बताउनुभयो ।
आर्थिक बर्ष २०७९/८० मा गाउँपालिकाबाट विनियोजित बजेटबाट भएकाे कामकाे अनुगमन समेत गरिएको समेत उहाँले बताउनुभयो। शैक्षिक सत्र २०७९ काे समिक्षा, वार्षिक परीक्षा संचालन, नतिजा प्रकाशन तथा शैक्षिक सत्र २०८० काे भावी याेजना सम्बन्धमा समेत विद्यालयकाे प्रअ, शिक्षक कर्मचारी सँग छलफल गरि सल्लाह सुझाव आदान प्रदान समेत गरीएको उहाँले बताउनुभयो ।उमाकु्ण्ड १ क्यामामा रहेको उमातिर्थ आधारभुत बिद्यालय र उमाकुण्ड १ मा रहेको एकमात्र माबि महालंगुर माबिमा समेत अनुगमन गर्दै बिद्यालयमा भएगरेका गतिबिधीको साटासाट गरिएको बिद्यायहरुले जनाएका छन ।




















Discussion about this post