चुचुरे स्थित भालेपोखरी आ.बि.मा हाजिरी जबाफ प्रतियोगिता सम्पन्न

सृजना बि.क रामेछाप
भालेपोखरी आधारभुत विधालयमा भएकाे वडा भित्रका अन्तर बिद्यालय स्तरीय हाजिरीजवाफ प्रतियाेगितामा भालेपाेखरी आधारभुत विद्यालय प्रथम भएकाे छ । ग्रिनतारा नेपालकाे आयाेजनामा गाेकुलगंगा गाउँपालिका १ चुचुरेस्थित भालेपाेखरी आधारभुत विद्यालयको प्राङ्गनमा साेमबार भएकाे कक्षा १-३ काे वडा भित्रका अन्तर बिद्यालय स्तरीय हाजिरीजवाफ प्रतियाेगितामा भालेपाेखरी आधारभुत विद्यालय प्रथम भएकाे हाे । त्यस्तै कालिदेवी आधारभुत विद्यालय द्वितीय भएकाे छ भने शिव आधारभुत विद्यालय तृतिय भएकाे छ ।
प्रतियाेगितामा वडा भित्रका ७ वटा विद्यालय सहभागिता भएका ग्रिनतारा नेपालकी स्वास्थ्य प्रवर्तक सुनिता खड्काले सिधा प्रेसलाई जानाकारी दिनुभयाे । कार्यक्रममा सातवटै विद्यालयका प्र.अ तथा शिक्षक १/१ जनाकाे सहभागी रहेकाे थियाे ।
ग्रिनतारा नेपालले वडाभित्रका ७ वटा विद्यालयमा शैशिक विकासका लागि विविध सहयाेग गर्दै आएकाे छ । यसअधि पनि विविध कार्यक्रम सञ्चालन गरेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार