रीड नेपालद्वारा स्थानीय तह शिक्षा क्षेत्र योजना निर्माण पूर्व तयारी वैठक सोलुदुधकुण्ड नगरपालिकामा सम्पन्न

सोलुखुम्बु-रीड नेपालको आयोजना तथा सोलु दुधकुण्ड नगरपालिकाको समन्वय तथा सहकार्यमा स्थानीय तह शिक्षा क्षेत्र योजना निर्माण पूर्व तयारी वैठक सोलुदुधकुण्ड नगरपालिकामा सम्पन्न भएको छ, नगरपालिकाका उपमेयर गान्धीमाया तामाङको अध्यक्षतामा सम्पन्न भएको वैठकमा नगरपालिकाका प्रमुख प्रशाशाकीय अधिकृत कोपिला राई र शाखा प्रमुखहरुको उपस्थिति रहेको रीड नेपाल सोलुखुम्बुका शिक्षा बिकास संयोजक केशबदेब गिरीले जानाकारी दिनुभयो । वैठकले विभिन्न निर्णय गरेको छ
जसअनुसार , योजना निर्माण कार्यशाला गोष्ठीको मिति तय गरेको छ जस अनुसार फागुन १८ गतेदेखि २० गते कार्यशाला संचालन गर्ने, त्यसै गरी बैठकले प्रमुख प्रशासकीय अधिकृत कोपिला राईको सयोजकत्वमा १३ सदस्यीय योजना निर्माण समिति समेत गठन गरेको छ। सदस्यमा रीड नेपालबाट शिक्षा विकास सयोजक केशव गिरी, शिक्षा कार्यक्रम प्रबन्धक मुक्ति घिमिरे लगाएत शिक्षा प्रेमी, प्र अ तथा शिक्षकहरुलाई समेटिएको छ । त्यसै गरी वैठकबाट स्थानीय तह शिक्षा योजना निर्माणमा लाग्ने लागतको ३० प्रतिसत खर्च नगरपालिकाले बेहोर्ने निर्णय गरेको छ।
कार्यक्रमको सहजीकरण रीड नेपालका शिक्षा कार्यक्रम प्रबन्धक मुयांकन प्रबन्धक मुक्ति घिमिरे र शिक्षा विकास संयोजक केशवदेव गिरीले गर्नु भएको थियो !
रीड नेपालले खुम्बुपासाङल्हामु बाहेक सोलुखुम्बुका ७ ओटै स्थानीय तहको शिक्षा क्षेत्र योजना निर्माण गर्ने जनाएको छ । यो भन्दा अगाडी यही प्रकृतिको बैठक थुलुङ दुधकोशी र माप्य दुधकोशी,सोताङ, महाकुलुङ,नेचासल्यान गाउँपालिकामा सम्पन्न भैसकेको रीड नेपालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार