सृजना बि.क रामेछाप
गाेकुलगंगा गाउँपालिका वडा नं १ चुचुरेमा वडास्तरिय बाल क्लब गठन गरिएकाे छ । श्री जट्टेश्वरी माध्यमिक विधालयकाे प्राङ्गनमा विहिबार श्री जट्टेश्वरी मावि, श्री सेतिदेवी मावि, श्री शिव आधारभुत श्री भालेपाेखरी आधारभुुत विधालयका छात्र/छात्रा छनाेट गरी बाल क्लब गठन गरिएकाे हाे ।
जट्टेश्वरी माविका प्रअ माेहनकुमार खड्का , भालेपाेखरीका प्रअ लाेकध्वज कार्की र सेतिदेवीका शिक्षक प्रकाश बस्नेतकाे उपस्थितिमा क्लब गठन गरिएकाे छ । क्लबका अध्यक्षमा जट्ट्श्वरी माविका कक्षा ८ का छात्र विवेक बस्नेत चयन भएका छन् । उपाध्यक्षमा शिव आधारभुतकी छात्रा मुनावि बस्नेत र काेषाध्यक्षमा सेतिदेवीका छात्र जगदिश कार्की चयन भएका छन् । त्यस्तै सचिवमा जट्टेश्वरीका छात्रा आरति कार्की चयन भएकी छिन । त्यस्तै सदस्यहरूमा जटेटश्वरीका सागर कार्की, रसिला बस्नेत, सेतिदेवीका राज कार्की , भालेपाेखरीका प्रनिता खड्का र सजिल खड्का चयन भएका छन्, ।



















Discussion about this post