रीड नेपालले दियो सोलुखुम्बु जिल्लाका ३ सय ९० शिक्षकलाई क्षमता अभिवृद्धि तालिम

सोलुखुम्बु जिल्लाका स्थानीय तहहरुको समन्वय तथा सहकार्य र रीड नेपालको आयोजनामा ५ दिने विषयगत शिक्षक क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ।

लिखुपिके गाउँपालिकामा तालिम समापन गरिएसंगै जिल्लाभरका ३ सय ९० शिक्षकलाई तालिम प्रदान गरिएको रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले जानकारी दिनुभयो।तालिम अंग्रेजी,गणित, विज्ञान प्रविधी र सामाजिक विषय शिक्षण गर्ने आधारभूत तहका शिक्षकहरुलाई तालिम प्रदान गरिएको थियो।उक्त तालिम सोलुदुधकुण्डका ५४ जना, माप्यदुधकोशीमा ५५ जना, थुलुङ दुधकोशीमा ४४ जना, नेचा सल्यानमा ५५ जना, सोताङमा २३ जना, महाकुलुङ गाउँपालिकामा २९ जना गरी ३०० जनालाई रीडको तर्फबाट र माप्यमा पालिकाको तर्फबाट १५ जना,थुलुङमा पालिकाको तर्फबाट ४४ जना,नेचासल्यानमा पालिकाको तर्फबाट ७ जना शिक्षक सहभागी थिए।

सामुदायिक विद्यालयमा प्राय अंग्रेजी गणित विज्ञान विषयको सिकाइ उपलब्धी कम हुने र धेरै विद्यार्थीहरु यी विषयमा कमजोर हुने भएकोले बालबालिकाको सिकाइ उपलब्धी वृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरेको रीड नेपालका प्रमुख कार्यकारी अधिकृत भिमबहादुर बोगटीले बताउनुभयो।

पछिल्लो पटक लिखुपिकेमा पालिकाको समन्वय तथा सहकार्य र रीड नेपालको आयोजनामा संचालित तालिममा रीड नेपालले काम गर्ने विद्यालयका ४० जना र पालिकाको तर्फबाट २४ जना शिक्षकहरुको उपस्थिति रहेको थियो।कार्यक्रमको समापन लिखुपिके गाउँपालिका अध्यक्ष मीना बस्नेतले गर्नु भएको छ। कार्यक्रममा शिक्षा संयोजक रेखराज बस्नेत, निमित्त प्रमुख प्रशासकीय अधिकृत ज्ञानु कार्कीको उपस्थिति रहेको थियो कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले तालिममा सिकेका सिपलाई कक्षाकोठामा पुर्‍याउन अनुरोध गर्नु भयो साथै पालिकाको तर्फबाट अनुगमन समेत गर्ने बताउनु भयो कार्यक्रमको आयोजना गरेकोमा रीड नेपाललाई धन्यबाद दिनुभयो !

कार्यक्रममा बोल्दै शिक्षा शाखा संयोजक रेखराज बस्नेतले तालिम प्रभावकारी भएको भन्दै तालिमलाई व्यवाहारमा उतार्न सहज होस् भनेर पालिकाको तर्फबाट प्रत्येक विद्यालयलाई पाठ्यक्रम र विद्यार्थी सिकाइ मूल्यांकन वितरण गर्ने बताउनु भयो।

तालिमको सहजीकरण अंग्रेजी मुक्ति घिमिरे, गणित सरद गौतम, विज्ञान राजीभ ढुंगाना, सामाजिकमा विष्णु प्रसाद उपाध्याय र सुजाता राई र प्रविधिमा सोनाम लामाले गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार