सोलुखुम्बु-गुणस्तरिय शिक्षा हाम्रो प्रतिबद्धता भन्ने मुल उदेश्य बोकेर शैक्षिक क्षेत्रको विकासमा सहयोग गर्दै आएको संस्था रिड नेपाल सोलुखुम्बुको आयोजना तथा लिखुपिके गाउँपालिकाको समन्वय सहकार्यमा आधारभुत तह शिक्षक क्षमता अभिबृद्वि तालिम सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा सम्पन्न भएको छ । ५ दिन सम्म चलेको तालिममा गाउँपालिका भित्र रहेका २२ वटै बिद्यालयका शिक्षकहरुको सहभागिता रहेको थियो ।
लामो समय अघिदेखि यस्तो तालिम सञ्चालन गर्न खोजिएता पनि कोभिडका कारण तालिम सञ्चालन गर्न नसकिएको तर अहिले तालिम सञ्चालनमा शिक्षकहरुको उत्साहाजनक सहभागिता रहेको तालिममका प्रशिक्षक तथा रीड नेपाल सोलुखुम्बुका कार्यक्रम म्यानेजर मुक्ति घिमिरेले बताउनुभयो ।
तालिमको समापन गर्दै लिखुपिके गाउँपालिका अध्यक्ष मिना कार्की(बस्नेत) ले बिगत देखि नै रीड नेपालले यस्ता तालिम सञ्चालन गर्दै आएकोमा धन्यवाद ब्यक्त गर्नुभयो । त्यस्तै समापन कार्यक्रममा बोल्दै उहाँले तालिममा सिकेका हरेक क्रियाकलाप आफ्नो बिद्यालय लागु गर्न पनि शिक्षकहरुलाई आग्रह गर्नुभयो । त्यस्तै उहाँले तालिममा सिकेका क्रियाकलापहरु बिद्यालमा लागु गर्न शैक्षिक सामाग्री लगायत शैशिक सामाग्री अबाभ भएमा गाउँपालिकामा जानाकारी गराउन सबै शिक्षकहरुलाई आग्रह गर्नुभयो ।
तालिमममा अन्य समयको भन्दा यस पटक थप प्रभाबकारी रहेको तालिममा सहभागि शिक्षकहरुले बताएका छन । समापन कार्यक्रममा बोल्दै लिखुपिके गाउँपालिका शिक्षा शाखा संयोजक रेखराज बस्नेतले यस्ता किसिमका तालिम आगामी दिनमा पनि सञ्चालन गर्न गाउँपालिका शिक्षा शाखा सक्रिय रुपमा लागि पर्नेे संयोजक बस्नेतले बताउनुभयो । साथै तालिममा सिकेका कुरा आफ्नो बिद्यालय लागु गर्न पनि शिक्षकहरुलाई आग्रह गर्नुभयो ।
तालिममा सहभागि भएर लैङ्गगिक हिंसा सम्बन्धि समेत थुप्रै कुराहरु र नयाँ पाठ्यक्रममा आधारित थप कुराहरु सिक्न पाएको तालिममा सहभागि शिक्षक शिक्षिकाहरुले बताएका छन ।

आधारभुत तह कक्षा ४ देखि ८ सम्मको पाठ्यक्रमको आधारमा रहेर तालिम सञ्चालन गरिरहेकाले यस्तो तालिम हालसम्म कुनै पनि सरकारी निकाएले नदिएकाले थप प्रभाबहुने तालिमकी प्रशिक्षक रीड नेपालकी सुजता राईले बताउनुभयो । साथै उहाँले तालिमको समापनमा बोल्दै तालिम सञ्चालनमा सहयोग गर्ने सबै निकाए , हल उपलब्ध गराउने हिमगंगा माबि, शिक्षा शाखा लगायतलाई धन्यबाद ब्यक्त गर्नुभयो । तालिमको समापन कार्यक्रममा बोल्दै हिमगंगा माबिका बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष नारायण बहादुर बस्नेत(नबराज) ले बिगत देखि नै रीड नेपाल सोलुखुम्बुको शिक्षा क्षेत्रमा गरेको योगदानको खुलेर प्रशंसा गर्नुभयो । साथै समापन कार्यक्रममा बोल्दै उहाँले रीड नेपालले २२ वटै बिद्यालयलाई समेटन सके शिक्षा क्षेत्रमा थप प्रभाबकारी हुने बताउनुभयो ।

तालिममा,बिज्ञान,गणित,अङ्ग्रेजी ,नेपाली,सामाजिक, बिषयमा तालिम प्रदान गरिएको छ । रिड नेपाले यसअघि पनि बिभिन्न समयमा तालिम सञ्चालन गरी रहेको छ । भने यस पटक भने गाउँपालिकाको समन्वय तथा सहकार्यमा सबै बिद्यालयका शिक्षकहरुलाई तालिम दिएको हो ।
णणण



















Discussion about this post