सोलुखुम्बु-शिक्षा क्षेत्रमा राम्रो मानिरहेको लिखुपिके गाउँपालिकाको वडा न ३ मा रहेको मञ्जुश्री आधारभुत बिद्यालले शैक्षिक गुणस्तर सुधारका लागि सरोकारवाला संग छलफल कार्यक्रम सम्पन्न गरेको छ ,बिद्यालय को प्रागणमा आयोजित उक्त कार्यक्रममार्फत बिद्यालयले गरिरहेका बिभिन्न शैक्षिक सुधारका पाटोहरुको बिषयमा छलफल गरिएको हो
कार्यक्रममा बोल्दै बिद्यायको शैक्षिक सुधार मा जोड दिन प्रयास गर्ने शैक्षिक उपलब्धि वृद्धि गर्न गाउँपालिकाले सबै खाले प्रयासहरुमा नचुक्ने र अबिभाभाकले पनि आफ्ना साना नानीहरुको उज्जल भबिष्यको निम्ति हरेक कामलाई थाँती राखेर बिद्यार्थीहरुलाई बिद्यालय पठाउन लिखुपिके गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले आग्रह गर्नुभयो । साथै अध्यक्ष बस्नेतले यति बिगट ठाउँमा बिद्यालय स्थापना गर्न फुर्बा शेर्पाको महत्त्वपूर्ण योगदान रहेकाले यहाँलाई सिङ्गो समाजले सम्झिरहने बताउनुभयो ।
अन्तक्रिर्या कार्यक्रम मार्फत वडा न ३ का वडा अध्यक्ष धुर्ब बहादुर बस्नेतले बिद्यालयको जग्गाभित्र खालि रहेका जमिनमा कि.बि खेति गर्ने भन्ने भनाईलाई आत्मासाथ गर्दै बिद्यालयको उदेश्य अनुरुप किबि खेति गर्न वडाबाट बिरुवा लगायत आबश्यक अन्य कुरामा समेत सहयोग गर्ने बताउनुभयो ।
अभिभाबक तथा सरोकारवालाको छलफल कार्यक्रममा बोल्दै बि हुमन नेपालका डाइरेक्टर ,पर्यटन ब्यवसाहि तथा उक्त बिद्यालय स्थापना दाता आङफुर्बा शेर्पाले बिद्यालयमा अध्ययन गराईने प्रत्येक कुरालाई ब्यवहारिक र बैज्ञानिक बनाउनु पर्ने अबिभाकहरुलाई बताउनुभयो । बिद्यालयमा सबैको सहयोगको भाबना जागेमा प्रविधिको सहयोगमा गर्न सके सामुदायिक बिद्यालयको गुणस्तर सुधार गर्न सकिनेमा जाेड दिनुभयो । साथै बिद्यालयमा बिगत जस्तै आफ्नो सहयोग रहि रहने तर बीचमा कोरोनाको कारण दातृ संस्थाले गर्ने सहयोगको अबाभको कारण पनि बिद्यालयमा अन्य भौतिक, शैक्षिक अबस्थामा गाउँपालिकाले जोड दिनुपर्ने बताउनुभयो । फरक प्रशंगमा पर्यटकीय क्षेत्रमा पर्यटकको संख्या कम हुनु रामेछापको शिबालयमा गौरिशंखर संरक्षण क्षेत्रले एक जना बराबरा ३ हजार लिएकोले पाइएकोले उक्त कारण पनि यो पिके हेर्ना आउने पर्यटकहरु ओखलढुंगा हुँदै गएकोले यस सम्बन्धि पनि सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताउनुभयो ।

शिक्षा शाखा संयोजक रेखराज बस्नेतले शिक्षा क्षेत्र सुधार्न गर्न आफु जस्तो सुकै कदम चाल्न पनि पछि नहट्ने बताउदै अभिभावक र बिधालय बि ब स पनि उतिकै जिम्मेवार रहनु पर्ने बताउनु भयो ।
उक्त कार्यक्रम मार्फत बिद्यालयलाई आर्थिक, भौतिक, र अन्य कुराहरुमा सहयोग गर्ने अबिभाबक , जग्गादाता , बिद्यालयमा प्रत्यक्ष सहयोग गर्ने ब्यक्तिलाई सम्मान गरिएको थियो । कार्यक्रममा उक्त बिद्यालयका प्र.अ सोमप्रसाद घिमिरे,शिक्षकहरु, लगायत पुर्ब बिद्यालय ब्यबस्थापन समिती, अबिभाभक लगायतको उपस्थित रहेको थियो ।



















Discussion about this post