रीड नेपालद्वारा सोताङमा ५ दिने शिक्षक तालिम सम्पन्न

सोलुखुम्बु-रीड नेपालद्वारा आयोजित सोताङ गाउँपालिकामा संचालित ५ दिने शिक्षक तालिम आज समापन गरिएको छ । सोताङ गाउँपालिकाका ७ ओटा विद्यालयका २६ जना शिक्षकको उपस्थिति रहेको तालिम सोताङ पब्लिक क्याम्पसमा समापन गरिएको हो रीड नेपालका शिक्षा कार्यक्रम प्रवन्धक मुक्ति घिमिरेको अध्यक्षता तथा वडा न. ५ वडा अध्यक्ष मानवीर राईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ कार्यक्रमममा सहभागीहरुको तर्फबाट बोल्दै मदन आश्रित आ वि का शिक्षक लक्ष्मण साहले तालिम प्रभावकारी भएको भन्दै तालिममा सिकेका सीप विद्यालय गएर प्रयोगमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नु भयो । त्यस्तै शिक्षक भगवती बस्नेतले तालिमबाट नयाँ सिप हासिल गरेको भन्दै आयोजकलाई धन्यवाद दिदै आगामी दिनमा पनि कार्यक्रमलाई निरन्तरता दिनआग्रह गरु भयो तालिममा वीरेन्द्रज्योति मा विका प्र अ महानन्द प्रसाद फुयालले सिकेका सिप व्यवहारमा प्रयोग गर्न आग्रह गर्नु भयो ।
त्यस्तै कार्यक्रममा बोल्दै सोताङ पब्लिक क्याम्पसका प्रमुख ईश्वर प्रसाद तिमिल्सेनाले शैक्षिक क्षेत्रको लागि सोलुखुम्बु भाग्यमानी जिल्ला भएको बताउनु भयो अन्य जिल्लामा शिक्षकहरुले सरकारको मात्र मुख ताक्नु पर्ने बताउदै रीड नेपालले निरन्तर शिक्षक तालिमको अवसर प्रदान गर्ने गरेकोले शिक्षकहरु पनि भाग्यमाने भएको बताउनु भयो। साथै प्रविधिको लागि आफै सिक्नु पर्ने बताउनु भयो ,त्यस्तै कार्यक्रममा बोल्दै प्रमुख अतिथि मानवीर राईले शैक्षिक सुधारका लागि शिक्षक तालिम आवश्यक भएको भन्दै तालिमको आयोजना गरेकोमा रीड नेपाललाई धन्यावाद दिनु भयो साथै सिकेका सिपहरु व्यवहारमा लागु गर्न आग्रह गर्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार