सृजना बि.क. रामेछाप
निलगंगा हाइड्राेपमवर कम्पनी प्रा:लि:काे सार्वजनिक सुनुवाई स्थगित भएकाे छ । रामेछाप र दाेलखाकाे सिमाना भएर बग्ने खिम्ति र घ्वाङ खाेलामा निर्माण हुन लागेकाे निलगंगा हाइड्राेपावर कम्पनीकाे सार्वजनिक सुनुवाई बुधबार स्थानियले बहिष्कार गरेपछि स्थगित भएकाे हाे ।
९ मेगावाटकाे जलविद्युत उत्पादनकाे लागी गैर जिम्मेवार व्यतिकाे उपस्थिति र हिमालय उर्जा विकास कम्पनी लिमिटेडकाे राेवहरमा सार्वजिक सुनुवाई हुने भनी मंगलबार सुचना प्रकाशन गरिएकाे र केही सिमित व्यक्तिमा मात्र गोप्य रुपमा सार्वजनिक सुनुवाई गर्न लाग्दा स्थानियहरूले विराेध जनाएपछि सुनुवाई स्थगित भएकाे स्थानिय श्याम कुमार कार्कीले जानकारी द दिनुभयाे । हिमालय उर्जा कम्पनी र निलगंगा हाइड्राेपावर कम्पनीकाे सञ्चालक समिति एउटै भएकाले हिमालय उर्जा कम्पनीले हाइड्राेपावर बनाउने क्रममा चुचुरे र जिरी नगरपालिकाका प्रभावित क्षेत्रका स्थानिय बासिन्दासँग गरेका सम्झैता पूरा नगरेकाे भन्दै स्थानियले सुनुवाई बहिष्कार गरेका हुन् । उत्त सम्झैता कार्यन्वन नभएसम्म कम्पनीकाे सुनुवाई तथा कुनै पनि काम अघि बढ्न नदिने कार्कीले बताए ।
यसअघि हिमालय उर्जा कम्पनीले खाेलामा १० प्रतिशत पानी छाड्ने सम्झैता राखेका तर हाल खाेलम सुकाएर जलचर प्राणीलाई असर परेकाे , वनजङ्गलमा असर परेकाे भन्दै स्थानिय आक्राेश भएकाे कार्कीले जानकारी दिए । पुराना सम्झैता कार्यन्यनमा आएप्रश्चात नयाँ काम सुरू गर्न दिने स्थानियकाे भनाई छ ।
करिब ३ सय जना स्थानियबासी उपस्थित भई सुनुवाई बहिष्कार गरेकाे बताईएकाे छ ।



















Discussion about this post