रामेछाप:ग्रिनतारा नेपालकाे फिल्ड काेर्डिनेटर भई उमाकुण्ड गाउँपालिकामा कार्यरत राघब खनाललाई चण्डेश्वरी माध्यमिक विद्यालय प्रितीले एक कार्यक्रमको आयोजना गरी औपचारिक रुपमा बिदाई गरेको हो ।
करिब २ वर्षदेखि उक्त संस्थाकाे फिल्ड काेर्डिनेटर भई गाउँपालिका भित्रकाे सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाकाे स्वास्थ्य परीक्षण, बाल क्लबकाे सशक्तीकरण, विद्यालयमा शुद्ध खानेपानी, स्यानिटरी प्याड व्यवस्थापन लगायत अतिरिक्त क्रियाकलापमा संचालन गर्न र स्वास्थ्य संस्थाकाे भाैतिक पूर्वाधार सबलिकरण, तालिम, काेभिडकाे समयमा ओैषधी, माक्स, स्यानीटाइजार वितरण, आमा समूह, स्वयंसेविकहरूकाे क्षमता विकासमा तालिम तथा गाेष्ठी संचालनमा संस्थाकाे तर्फबाट खनालले पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै सम्मान-पत्र सहित खादा माला ओडाएर बिदाई गरेका छ । 
खनाल आफ्नाे थप अध्यनलाई निरन्तरता दिनका लागि विदेश जान लागेकाेमा विद्यालयका प्रधानाध्यापक शेष कुमार श्रेष्ठले उज्ज्वल भविष्य कामना सहितको उत्तरत्ताेर प्रगतिकाे शुभकामना व्यक्त गर्नु भयाे । खनालले आफु अध्ययन पुरा गरेर फर्केपछि पुनः ग्रामीण भेगको बालबालिकाकाे शिक्षा र स्वास्थ्यमा सेवा गर्ने याेजना समेत सुनाउनु भएकाे छ । साेही बिदाई कार्यक्रमकाे अवसरमा खनालले विद्यालयकाे बाल क्लबलाई २० हजार सहयोग समेत गर्नु भएको बिद्यालयले जनाएको छ ।



















Discussion about this post