रामेछापको उमाकुण्ड ७ भुजिमा बोलेरो दुर्घटगना

रामेछाप- रामेछापको उमाकुण्ड गाउँपालिका ७ एकराते छागामा दुरागाउबाट भुजीतर्फ जादै गरेको बा ११ च ७५९१ नम्बरको बोलेरो आफै अनियन्त्रित भइ दुर्घटना भएको छ । बोलेरो गाडी दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । सडकबाट ५० मिटर तल खसी दुर्घट्ना हुदा गाडीमा रहेका सबै यात्रु घाइते भएका छन् । गम्भीर घाइते भएका तीन जनालाई हेलिकोप्टर मार्फत उद्दार गरी थप उपचारको लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका लिखुतामाकोशी गाउँपालिका–१ कोटगाउ बस्ने वर्ष ३२ की बिमला सुनुवार,वर्ष ३९ को बिमल सुनुवार,वर्ष ३४ को राजन भन्ने राज कुमार थापालाई अन्नपूर्ण हेलिकोप्टर मार्फत काठमाडौं पठाइएको छ ।बर्ष २३ की श्रृष्टी सुनुवार, वर्ष ३० की सिता कार्की, वर्ष ३० की मनिता खड्का र बर्ष ४० को दिप सुनुवारलाई थप उपचारका लागि मन्थली पठाइएको छ ।
वर्ष १६ को नरेश खड्कार वर्ष १९ को सुजन भुजेल भने सामान्य घाइते भएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार