सृजना बिक
रामेछाप-गर्जाङ् वचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे १६ वार्षिक साधारण सभा सम्पन्न भएकाे छ । २०५७ सालदेखी सञ्चालनमा आएकाे सहकारीकाे शनिबार १६ ओै साधारण सभा सम्पन्न भएकाे हाे ।
साधारण सभाकाे उद्घाटन गाेकुलगंगा गाउँपालिकाका अध्यक्ष काजी बहादुर खड्काले गर्नुभएकाे हाे । शेयर सदस्य ९९७ जना र बाल सदस्य ४१७ जना रहेकाे उक्त सहकारीकाे कुल पुँजी ६ कराेड ३३ लाख ४१ हजार २६६ रुपैँया ४४ पैसा रहेकाे छ । यस्तै शेयर पुँजी भने ५० लाख ५० हजार ३ सय रहेकाे छ । गत आर्थिक वर्ष १८ लाख ८९ हजार २५८ रुपैँया रहेकाे खुद नाफा नाेक्सान याे वर्ष ७ लाख ८९ हजार ६५ रूपैया रहेकाे छ ।
साधारण सभामा गाेकुलगंगा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा नं १ चुचुरेका वडासदस्य , महिला, दलित महिला सदस्य, विभिन्न विधालयका प्र अ तथा शिक्षक लगायत करिब ३५० जना बढिकाे उपस्थिति रहेकाे सहकारीका अध्यक्ष खग्रेन्द बहादुर खड्काले जानकारी दिनुभयाे ।



















Discussion about this post