रामेछापको शैलुङ्गमा नयाँ प्रजातिको आलुको बिउ उत्पादन

रामेछाप-रामेछाप जिल्लालाई आलुको बिउमा आत्मनिर्भर बनाउने अभियान अनुसार जिल्लाको दोरम्बा शैलुङ्ग गाउँपालिका–१ डडुवाको राजभिरमा नयाँ प्रजातिको आलुको बिउ उत्पादनको प्रक्रिया सुरु भएको छ । आलु उत्पादन हुने क्षेत्रको रुपमा चिनिदै आएको शैलुङ्ग क्षेत्रमा नयाँ प्रजातिको आलुको बिउ उत्पादन सुरु भएपछि किसान खुसी भएका छन् । शैलुङ्ग क्षेत्रको वृहत आलु खेती एव उत्पादनमा नयाँ परिवर्तन थप्ने काम नयाँ बिउ उत्पादनले गरेको शैलुङ्ग पर्यटन क्षेत्रका अभियन्ता दावा शाङबु शेर्पाले सिधा खबरलाई बताउनुभयो ।
शैलुङ क्षेत्रमा परम्परागत रुपमा रहेको बिउलाई विस्थापित गर्दै नयाँ विउको खेती शुरुवाती हुने भएको शेर्पाको भनाई छ । स्क्रिन हाउसमा ल्याबमा उत्पादन गरेका इन्भिनट्रो प्लान्ट बैज्ञानिक बिधिबाट पिबिएस दाना रोजिटा जातको आलु पुनः नयाँ पुस्ताको बिउ उत्पादन गरेको हो । शेर्पाका अनुसार अव शैलुङ क्षेत्र लगायत अन्य जिल्लामा समेत नयाँ विउ प्रवाह गरी राज्यको उत्पादकत्व एवं आम्दानीमा टेवा पुग्नेछन । अब यस जातको आलुको विउबाट उत्पादन दोब्बर हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार