काठमाडौ-ललितपुर महानगरपालिका–३ को विद्युतीय गाडी हरेक दिन बिहान नौ बजेदेखि १० बजेसम्म सेवाग्राही खोज्दै वडाभरि चक्कर मार्छ
सेवाग्राही लिन वडा कार्यालयको गाडी घरघरमै पुग्छ भनेको सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ । किनकि अधिकांश वडा कार्यालय वा सरकारी कार्यालयमा सेवाग्राही जाँदा सामान्य काममा धेरै दुःख पाएका उदाहरण छन् । तर, ललितपुर महानगरपालिका वडा नम्बर ३ को गाडी बिहान नौ बजेदेखि १० बजेसम्स सेवाग्राही खोज्दै वडाभरि चक्कर मार्छ । वडाको यो विद्युतीय भ्यान सेवाग्राही लिन र घरैमा पुर्याउनसमेत जान्छ । उक्त विद्युतीय गाडीमा ६–७ जना चढ्न मिल्छ ।



















Discussion about this post