सोलुखुम्बु प्रदेश ‘ख’ बाट एमाले उम्मेदवार राजभण्डारी फराकिलो मतान्तरले विजयी

सोलुखुम्बु । सोलुखुम्बु जिल्ला प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र ‘ख’ बाट नेकपा एमालेका उमेद्धार बुद्धिकुमार राजभण्डारी फराकिलो मतान्तरले विजयी हुनुुभएको छ ।

वाम लोकतान्त्रिक गठबन्धनतर्फ नेकपा माओवादी केन्द्रका उम्मेदवार शिव बहादुर बस्नेत ‘राजेन्द्र’ लाई हराउँदै राजभण्डारी विजयी हुनुभएको हो ।

निर्वाचित राजभण्डारीले १० हजार १२८ मत ल्याएका छन् भने गठबन्धनका बस्नेतले ६ हजार ८ सय १५ मत ल्याएका छ्न ।

उहाँहरुबीच ३ हजार ३ सय १३ मतान्तर छ। नेकपा एमाले प्रदेश १ का प्रमुख सचेतक साथै ५ बर्ष सासदको कार्यकाल बिताएका राजभण्डारीलाई गठबन्धनसङ्ग जित्न चुनौती थियो । तर उहाँले सहज जित निकाल्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार