सोलुखुम्बु: सोलुखुम्बुमा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ मा बुद्धिकुमार राजभण्डारी फराकिलो मतान्तरले अगाडी बढनुभएको छ । वाम लोकतान्त्रिक गठबन्धनतर्फ नेकपा माओवादी केन्द्रका उम्मेदवार शिव बहादुर बस्नेत ’राजेन्द्र’ लाई २ हजार ८ सय बढि मतले पछाडी पार्दे राजभण्डारी जित नजिक पुग्नुभएको हो ।
हलसम्म १६ हजार ३ सय ४७ मत गणना हुदा राजभण्डारीले ८ हजार ६ सय ६ मत ल्याउनुभएको छ भने गठबन्धनका बस्नेतले ५ हजार ७ सय ९ मत प्राप्त गर्नुभएको हो । नेकपा एमाले प्रदेश १ का प्रमुख सचेतक साथै ५ बर्ष सासदको कार्यकाल बिताएका राजभण्डारीलाई गठबन्धनसङ्ग जित्न चुनौती थियो ।



















Discussion about this post