सोलुखुम्बुमा मत गणना शुरु

सोलुखुम्बु :आइतबार सम्पन्न प्रतिनिधी तथा प्रदेश सभा निर्वाचनको मतगणना सोलुखुम्बुमा शुरु भएको छ । आज मंगलबार साँझदेखि मतगणना शुरु भएको हो । सोलुखुम्बुको विकट लिखुपिके गाउँपालिकाको मतपेटिका सदरमुकाम ल्याउन ढिलाइ भएपछि मतगणना हिजो सुरू हुन सकेको थिएन ।

सबै क्षेत्रको मतपेटिका सोमबार साँझ सदरमुकाम ल्याईएपछि ८ वटा स्थानबाट एक साथ मतगणना गर्न राजनीतिक दलहरुले हिजो प्रस्ताव गरेपछि मत गणनास्थल निमार्णमा समय लागेको थियो । हिजोको सर्वदलीय बैठकले आज मंगलबार दिउँसो १ बजेदेखि मतगणना सुरू गर्ने निर्णय गरेको थियो । तर व्यवस्थापनको काममा धेरै समय खर्च हुँदा मत गणना अवेर शुरु भएको हो । खुम्बु क्षेत्रका मत्र पेटिका हेलिकप्टर मार्फत सदरमुकाम ल्याइएको थियो ।

सोलुखुम्बुमा शुरुमा अहिले प्रदेश सभा १ क तर्फ काँगेल आधारभूत विद्यालय केन्द्र, जोगरा आधारभूत विद्यालय केन्द्र, जनता आधारभूत विद्यालय सिमखर्क केन्द्र, रजीवन ज्योति माध्यमिक विद्यालय केन्द्रको मत गणना भइरहेको छ । ति केन्द्रहरुमा कुल १५४९ मत खसेको छ ।

यस्तै प्रदेश सभा ख तर्फ सोलुदुधकुण्ड नगरपालिकाको ज।जा।मा।वि। केन्द्र क र ख, दुधकुण्ड आधारभूत विद्यालय फाप्लु केन्द्र, माप्य दुधकोशी गाउँपालिकाको बुद्धि विकास आधारभूत विद्यालय केन्द्र, खुम्बु पासाङल्हामु गाउँपालिकाको हिमालय आधारभूत विद्यालय केन्द्र, लिखु पिके गाउँपालिकाको नमुना आधारभूत विद्यालय केन्द्र र जनसेवा आधारभूत विद्यालय सानो गुमेला केन्द्रको मतगणना शुरु भएको छ । ति केन्द्रहरुमा कुल १६११ मत खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार