सोलुखुम्बुमा एकजना मतदान अधिकृत मृत अवस्थामा फेला

सोलुखुम्बु:सोलुखुम्बुमा एकजना मतदान अधिकृत मृत अवस्थामा फेला परेका छन । जिल्लाको नेचासल्यान गाउँपालिका ४ फुर्के सामुदायिक वन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत सुतेकै ठाउँमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरिक्षक राम किशोर शाहले जानकारी दिनुभयो ।
मतदान केन्द्रमै सुतेका ५६ वर्षीय बिल्टु राय आज शनिवार बिहान करिब ४ बजे मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । सर्लाही हरिपुर्वा नगरपालिका ५ स्थायी ठेगाना भएका राय आयुर्वेद स्वास्थ्य केन्द्र नेचामा कार्यरत हुनुहुन्थ्यो । उहाँले लामो समयदेखि सुगर र मुटुको औषधी प्रयोग गर्दै आएको प्रहरीले जनाएको छ । घटनाका विषयमा अनुसन्धान सुरु गरिएको शाहले बताउँनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार