लिखुपिकेका २२ बिद्यालयका ब्यबस्थापन अध्यक्ष बिच अन्तरक्रिया

सोलुखुम्बु: शिक्षा शाखा लिखुपिके गाउँपालिकाले लिखुपिके गाउँपालिका भित्र रहेका २२ वटै बिद्यालयका बिद्यालय ब्यबस्थापन समिती अध्यक्षहरु सँगको अन्तरक्रिया कार्यक्रम सम्पन् गरेको छ ।
अन्तरक्रिया कार्यक्रमा अधिकांश आधारभुत बिद्यालयहरुमा दरबन्दी अनुशारको शिक्षक नभएको , खानेपानी शौचालय लगायतमा समस्या भएको ब्यबस्थापन समितीका अध्यक्षहरुले गुनासो राखेका थिए ।
गाउँपालिकाको सभाहलमा भएको अन्तरक्रिया कार्यक्रममा बिभिन्न बिद्यालयका अध्यक्षहरुलाई आफ्नो बिद्यालयमा कसरी बिद्यालयमा गुणस्तरिय शिक्षा प्राप्त गर्न सकिन्छ लगायतमा अन्तरक्रिया कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै शिक्षा शाखा संयोजक रेखराज बस्नेतले सम्बन्धित बिद्यालयका शिक्षक, अबिभाबक अन्य शिक्षा बिदहरुको सामुहिक सल्लाहा छलफल अनुसार शिक्षामा सुधार ल्याउन सकिने भएकाले सबैको साथको आबश्यक रहने बताउनु भयो ।

त्यस्तै गाउँपालिका अध्यक्ष मिना कार्की(बस्नेत) ले गाउँपालिकाको सबैभन्दा पहिला शिक्षामा सुधार गर्दै गुणस्तरियता ल्याउन लागिपरेकाले यसमा सबै सरोकारवालाहरुको साथ सहयोगको खाँचो रहेको बताउनुभयो ।

अन्तरक्रिया कार्यक्रमा गाउँपालिका उपाध्यक्ष ङवाङ लाक्पा शेर्पा वडा न ४ का वडा अध्यक्ष हिक्मत बहादुर बस्नेत, वडा न १ का वडा अध्यक्ष मिङमर गेल्जे शेर्पा , लगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार