सोलुखुम्बुमा ८० प्रतिशत निर्वाचनको तयारी पुरा

सोलुखुम्बु:मंसिर ४ गते आइतबार हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि सोलुखुम्बुमा ८० प्रतिशत तयारी पुरा भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय सोलुखुम्बुका अनुसार ५ स्थानीय तहमा निर्वाचन सम्बन्धी सम्पुर्ण सामग्री पुगेको छ भने सोलु दुधकुण्ड नगरपालिका, थुलुङ दुधकोशी गाउँपालिका र माप्य दुधकोशी गाउँपालिकाको निर्वाचन सामग्री बुधबार पठाइने भएको छ ।

स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गर्नका लागि सबै मतदान स्थलमा म्यादी सहितको सुरक्षाकर्मी परिचालन गरिसकिएको छ । सशस्त्र प्रहरी र नेपाली सेना पनि छुट्टै रुपमा खट्ने जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुले जनाएको छ ।

निर्वाचनमा मतदाताले शान्तिपूर्ण वातावरणमा निर्वाध रुपले मतदान गर्ने अधिकारको सुनिश्चितताका लागि शान्ति सुरक्षाको कडा व्यवस्था बनाइएको छ भने ४ गतेका लागि निजी तथा सार्वजनिक सवारी पुर्ण रुपमा बन्द गरिएको छ । निर्वाचनका लागि जिल्लामा १ सय ७७ जना कर्मचारी खटिएको साहायक निर्वाचन अधिकृत नगेन्द्र कुमार कालाखेतीले जानकारी दिनुभयो । सोलुखुम्बुमा सुरक्षाका लागी १ हजार ८ सय बढी सुरक्षाकर्मी खटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार