सृजना बि.क
रामेछाप । धौले कृर्षि बचत तथा ऋण सहकारी संस्थाकाे १० ओैँ बार्षिक साधारण सभा सम्पन्न भएकाे छ । २०६९ भदौ १९ गतेदेखि सञ्चालनमा आएकाे सहकारीकाे शनिबार १० ओैँ साधारण सभा सम्पन्न भएकाे हाे।

साधारणसभाकाे उद्घघाटन गाेकुलगंगा गाउँपालिका वडा नं १ का वडा अध्यक्ष छत्र बहादुर बस्नेतले गर्नुभएकाे हाे । ३५० जना शेयर सदस्य र १०५ जना बाल सदस्य रहेकाे उक्त संस्थाकाे कुल पुँजी ७७ लाख ७२ हजार ४७२ रुपैँया रहेकाे छ । गत वर्ष ७५ लाख ७८ हजार २६३ रुपैँया रहेकाेमा १ लाख ९४ हजार २०९ रुपैँयाले बढेर ७७ लाख ७२ हजार ४७२ रुपैँया पुगेकाे हाे ।
साधारण सभामा गाेकुलगंगा गाउँपालिका वडा नं १ का वडा अध्यक्ष, वडा सदस्यहरु ,विभिन्न विघालयका प्र.अ तथा शिक्षककाे उपस्थित रहेकाे थियाे ।
सभामा बाेल्दै अध्यक्ष बस्नेतले सहकारीहरुले व्यक्तिमा नियमित बचत गराउने बानीकाे विकास गराउने बताउनु भयो । उहाँले सभामा उपस्थित शेयर सदस्यहरूलाई नियमित बचत गरी आर्थिक उन्नतीको ल्याउन आग्रह गदै अन्य व्यक्तिहरूलाई पनि बचत गर्ने प्रेरणा दिन आग्रह गरेको सिधा प्रेसकी सम्बादाता सृजना बि.कले बताउनु भयो ।



















Discussion about this post