निर्वाचनका लागि सोलुखुम्बुमा १ हजार भन्दा बढि कर्मचारी खटिए

सोलुखुम्बु :आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सोलुखुम्बुमा १ हजार ७७ कर्मचारी र शिक्षक खटाइएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय सोलुखुम्बुले निर्वाचनमा खटाइएका कर्मचारीको नामावली प्रकाशन गरेको सहायक निर्वाचन अधिकृत नगेन्द्रकुमार कालाखेतिले जानकारी दिनुभयो । निर्वाचनमा खटिनेमा ४ सय ५० भन्दा बढी शिक्षक र अन्य निजामती कर्मचारी रहेका छन् ।

सोलुखुम्बुमा १ सय २२ मतदान स्थल र १ सय ३५ मतदान केन्द्र तोकिएको छ । जिल्लामा ८१ हजार ५ सय २ जना मतदाता रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार