जिताउनुस शासक हैन सेवक बनेर सोलुखुम्बुको बिकास गर्नेछु: प्रतिनिधी सभा उम्मेदवार मानबिर राई

सोलुखुम्बु:नेकपा एमालेका प्रतिनिधि तथा प्रदेश सभा सदस्यका उम्मेदवारहरुले छोटो दुरी भएपनि अर्को प्रदेश घुमेर जिल्ला सदरमुकाम जानुपर्ने लिखुपिकेबासीको समस्या दीर्घकालीन समाधानका लागि आफुहरु प्रतिबद्ध रहेको बताएका छन् ।

बिहिबार लिखुपिके गाउँपालिकाको केन्द्र काफ्लेचौरस्थित गाउँपालिकाको समिक्षा हलमा आयोजित अगुवा कार्यकर्ता भेटघाट तथा अन्तरक्रियालाई सम्बोधन गर्नेक्रममा प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य एबम सोलुखुम्बु जिल्लाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार मानबीर राई र विशिष्ट अतिथि प्रदेश निर्बाचन क्षेत्र ‘ख’ का उम्मेदवार बुद्धिकुमार राजभण्डारीले आफुहरुले निर्बाचन जितेमा १२ महिनै समस्या नआउने गरि छिटोभन्दा छिटो दीर्घकालीन समाधान खोज्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। सल्लेरीबाट तामाखानी-जसमाने भण्ज्याङ हुँदै लिखुपिके र सल्लेरीबाट टाक्टोर-लामाजुरा -भकाञ्जे हुँदै काठमाडौंसम्म पुग्ने सडकको ट्र्याक ओपन लिखुपिकेबासीको समस्याको अस्थायी समाधान भएपनि यसको दीर्घकालीन समाधान सडकको स्तरोन्नति भएको उनीहरुको भनाई थियो।सदरमुकामबाट लिखुपिकेसम्म को सडक ओपन गर्ने कार्यका लागि आफुहरुको योगदान महत्वपूर्ण रहेको बताउंदै उम्मेदवारद्वयले आफ्नै कार्यकालमा यसको स्तरोन्नति गर्ने आफुहरुको उत्कट चाहना भएकाले निर्बाचनमा सूर्य चिन्हमा मतदान गर्न आग्रह समेत गरेका थिए।

पटकपटक प्रदेशसभामा आफुले आवाज उठाउँदै यसलाई फुकुवा गर्ने र २ सय देखि २ सय पचास रोपनी कायम गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

नेकपा एमाले लिखुपिके गाउँपालिका कमिटीका इन्चार्ज चरीत्र भुजेलले स्वागत मन्तब्री व्यक्त गरेको कार्यक्रममा नेकपा एमाले सोलुखुम्बु जिल्ला कमिटीका अध्यक्ष डुफकुमार बास्तोला र सचिब आशकुमार राई ‘शिशिर’ ले नेकपा एमालेका उम्मेदवारहरुलाई निर्बाचित गराउने गरि सक्रियतापूर्बक लाग्न निर्देशन दिएका थिए।

सोही कार्यक्रममा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र परित्याग गरि दर्जन भन्दा बढी कार्यकर्ता एमाले प्रवेश गरेका थिए।नवप्रबेशी पेम्बाछिरी शेर्पा,बिजय घिमिरे,तिलकबहादुर श्रेष्ठ,निकुल श्रेष्ठ ,मानबहादुर बस्नेत,सावित्री श्रेष्ठ र वाङछु शेर्पा लगायतलाई प्रमुख अतिथि राई,बिशिस्ट अतिथि राजभण्डारी,अध्यक्ष बास्तोला लगायतले स्वागत गरेका थिए।

कार्यक्रममा बोल्दै आगामी मसिरमा हुन गइरहेको संघ र प्रदेशको निर्बाचनमा जितको लागि सुर्य चिन्हमा मतदान गर्न समेत आम लिखुपिकेबासीहरुलाई आग्रह समेत ब्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार