सोलुखुम्बु:नेकपा एमाले प्रदेश सभा क का उमेद्धार उत्तम कुमार बस्नेतले किरातको पहिचानको मुद्धाको विषयमा आफुले पटक पटक सदनमा बोलेको बताउनुभयो । किरात राई यायोक्खा केन्द्रिय कार्यसमिति काठमाडौँले सोलुखुम्बुका प्रतिनिधि तथा प्रदेश सभाका उमेद्धारहरुसँग सल्लेरीमा गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनुभयो ।
उहाँले किरातको पहिचानको विषयमा बारम्बार सदनमा बोलेको अवगत गराउँदै सोलुखुम्बुको जनताको चाहना र भावना अनुरुप नै प्रदेश १ को नामाकरण हुने बताउनुभयो ।
उमेद्धार बस्नेतले जनताको मागप्रति सकारात्मक रहेको बताउँदै आफु र नेकपा एमाले पाटिले जनताको मर्म अनुसार भूमिका खेल्ने बताउनुभयो । साथै फरक प्रशंगमा पुर्ब सांसद बस्नेतले बिगतका दिनमा जनताले चाहे अनुसार नै सोलुखुम्बुको बिकास निर्माणमा काम गरेकाले आगमी निर्वाचनमा बहुमतले जित हाँसिल गर्ने बिसोस्त रहेको बताउनु भयो ।



















Discussion about this post