सोलुखुम्बु: सोलुखुम्बुको लिखुपिके २ डाडाँघर स्थाई घर भएका बिष्णु बस्नेतले स्याङ्जा जिल्लामा पुगेर भलिबल प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीका रुपमा विष्णु बस्नेत (वालिङ) चुनिएका छन । खेल अबधीभर उनले उत्कृष्ट प्रर्दशन गरेको भन्दै नगद ५ हजार रुपैया, ६ तोलाको चाँदीको मेडल, ट्रफी र प्रमाण पत्र द्वार सम्माण गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिता अबधिभर खेलमा खेलाडी मध्येकै आफुलाई उत्कृष्ट खेलाडीको रुपमा चिनाउँदा पाउँदा अत्यन्तै खुसि भएको सुनाउँदै बस्नेतले खेल क्षेत्रमा स्थानिय तहबाटै बिभिन्न कार्यक्रम आयोजना गर्दै खेल क्षेत्रलाई प्रोत्साहन गरेमा खेलकुदको थप बिकास हुने सिधा प्रेसलाई बताए ।
स्याङ्जामा तेस्रो कोखे महोत्सवको अबसरमा आयोजित पुरुष भलिबलको उपाधि वालिङ भलिबल क्लबले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा मिसन थ्री स्टार काउलेलाई हराउँदै वालिङले उपाधि चुमेको हो ।
प्रतियोगिताको उपाधिसँगै वालिङले नगद १ लाख १ हजार रुपैयाँ ट्रफि, मेडल र प्रमाणपत्र पाए । उपाधि उपविजेता काउलेले नगद ६० हजार रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
तृतीय स्थानका लागि भएको खेलमा नेपाल तारा गल्याङ्ले प्रगतिशिल युवा क्लब ओकदीलाई हराए । दुवैले क्रमशः ३० र १५ हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र पाए ।



















Discussion about this post