रामेछापमा आगलागी, एक घर जलेर नष्ट

रामेछापमा आगलागी, एक घर जलेर नष्ट

रामेछाप — रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका–१ शिवालयमा आगलागी हुँदा एक घरमा ठूलो क्षति भएको छ।
स्थानीयका अनुसार शुक्रबार बेलुका करिब ८:३० बजे विक्रम राईको घरमा आगलागी भएको हो। घरको भान्साबाट सल्किएको आगो फैलिँदा घरभित्र रहेका लत्ता–कपडा, फर्निचर तथा अन्य सामग्री जलेर नष्ट भएका छन्।
आगलागीबाट करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। घटनामा मानवीय क्षति भने नभएको बताइएको छ।
स्थानीय बासिन्दा र शिवालय प्रहरी चौकीका प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित