लिखुपिकेमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

सोलुखुम्बु-लिखुपिके गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ आजदेखि सुरु भएको छ। प्रतियोगिता पौष २५ गतेदेखि २७ गतेसम्म वडा नम्बर ५ भकान्जेस्थित चन्द्रज्योति माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालन हुँदैछ।
प्रतियोगितामा चन्द्रज्योति भावि लिखुपिके-५ भकान्जे,हिमगंगा मावि लिखुपिके-३ र बुद्ध माध्यमिक विद्यालय लिखुपिके -२ का
विद्यार्थीहरूको सहभागिता रहेको छ। प्रतियोगिताले विद्यार्थीहरूमा अनुशासन, सहकार्य र प्रतिस्पर्धात्मक भावना विकास गर्ने लक्ष्य लिएको छ।
उदघाटन समारोहमा प्रमुख अतिथि सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले ग्रामीण क्षेत्रका खेल प्रतिभा उजागर गर्न राष्ट्रपति रनिङ शिल्ड महत्वपूर्ण भएको बताउनुभयो। विशेष अतिथि लिखुपिके गाउँपालिका अध्यक्ष मिना कार्कीले खेलकुदलाई प्राथमिकतामा राख्दै आएको बताउनुभयो। प्रतियोगिताको समापन कार्यक्रम पौष २७ गते हुने आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार