रामेछाप:उमाकुण्ड गाउँपालिकाले आयोजना गरेको माध्यमिक विद्यालयस्तरीय विज्ञान तथा गणित प्रर्दशनी प्रतियोगिता कार्यक्रम २०८१ सामाजिक विकास समितिको संयोजक हेमन्त कुमार सुनुवारको अध्यक्षता तथा वडा नं ४ का वडा अध्यक्ष एबम चण्डेश्वरी माध्यमिक विद्यालयका विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष समेत रहेका मान बहादुर सुनुवारको प्रमुख आतिथित्यमा सम्पन्न भएको छ ।

विद्यालयले विज्ञान तथा गणित विषयलाई कक्षाकाेठामा अध्यापन गर्दा सैद्धान्तिक ज्ञानमा मात्र जाेड दिने तर प्रयोगात्मक अभ्यासमा जोड नदिने परिपाटीले गर्दा विद्यार्थीहरूलाई यी दुई विषयलाई अत्यन्तै गाह्रो मान्ने गरेकाे र नतिजा समेत यिनै विषयमा कमजोर रहेको अवस्थामा प्रयोगात्मक अभ्यास सहित सैद्धान्तिक ज्ञान दिन सके यी विषय गाह्रा छैनन् भन्ने सन्देश दिन र विद्यार्थी, शिक्षकबीच अनुभव समेत आदान प्रदान गर्ने हेतुले आयोजना गरेको उक्त प्रतियोगिता कार्यक्रममा गाउँपालिकाका सात वटा माध्यमिक विद्यालयको सहभागिता रहेको शिक्षा अधिकृत ङावा शेर्पाले बताउनुभयो ।

उक्त बिज्ञान प्रर्दशनिमा प्रत्येक माध्यमिक विद्यालयबाट ८ जना विद्यार्थी र २ जना शिक्षक लगायत विभिन्न विद्यालयका प्रधानाध्यापकहरूकाे उपस्थिति रहेको थियो । प्रतियोगितामा चण्डेश्वरी माध्यमिक विद्यालय प्रिती प्रथम, सिद्धेश्वर माध्यमिक विद्यालय बाम्ती द्वितीय , जनता माध्यमिक विद्यालय कुँबु तृतिय र कास्थेम माध्यमिक विद्यालय भुजी सान्त्वना भएका छन । विजेता विद्यालयहरूले क्रमश: नगद रु. ८०००, ५०००, ३०००, र २००० पुरस्कार राशी सहित प्रमाणपत्र प्रदान गरिएको छ । त्यसै गरी कैलेश्वर मावि गुप्तेश्वर पाँचौ, सरस्वती माध्यमिक विद्यालय सुनुवारधारा छैठौं र महालंगुर मावि गुम्देल साँतौं स्थान प्राप्त गरेका छन। सो विज्ञान तथा गणित प्रर्दशनी कार्यक्रममा वडा नं ४ अन्तर्गतका कालीदेवी आधारभुत बिद्यालय हुँगा, देवीश्वर आधरभुत बिद्यालय बलखी र वडा नं ५ को कालीकादेवी आधारभुत बिद्यालय उर्माखुका ४२ जना बिद्यार्थी र ५ जना शिक्षक सहित करिब ५०० जनाले अवलोकन गरिएको थियो । यस प्रतियोगितामा निर्णयाक रुपमा सोलुुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका वडा नं ३ चौलाखर्कको हिमगंगा माध्यमिक बिद्यालयका माबि तहका शिक्षक पुन्य केसी, कुमार ठटाल र दिपेन्द्र विकले गरेका प्रितीबाट मणिराज सुनुवारले बताए । उमाकुण्डमा प्रत्येक बर्ष यसरी नै बिज्ञान प्रर्दशनि गरिदै आइरहेको छ ।





