सोलुखुम्बु:लिखुपिके गाउँपालिका, सामाजिक बिकास मन्त्रालय कोशी प्रदेश र करुणा फाउन्डेसन नेपालको त्रिपक्षिय लागत साझेदारीमा तथा राष्ट्रिय अपाङ्ग महासंघको प्राबिधिक सहयोगमा अपाङ्गता रोकथाम तथा पुनस्र्थापन कार्यक्रम अन्तर्गत लिखुपिके गाउँपालिकामा अपांगता रोकथाम तथा पुन स्थापना सामाजिक सहभागिता बृद्विका लागि एकदिने अन्तरक्रिया कार्यक्रम शुक्रबार लिखुपिके वडा न २ मा सम्पन्न भएको छ ।

चण्डिदेबी मिलिजुली अपांग समुहका अध्यक्ष टेक बहादुर बस्नेत को अध्यक्षता तथा वडा न २ का वडा अध्यक्ष मणिराज बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अपांगता सम्बन्धी विभिन्न बिषयमा करुणा फाउन्डेसन नेपाल लिखुपिके गाउँपालिका संयोजक दिवश सुबेदिले बताए ।
त्यस्तै महिला बालबालिका शाखा प्रमुख बन्दना भट्टराईले उक्त समुहका सदस्यहरुलाई योगा सम्बन्धि ज्ञान समेत प्रदान गर्दै अपांगता भएका ब्यक्तिहरुले हरेक समस्याहरु महिला शाखामा राख्न कुनै अपठ्यारो नमान्न आग्रह गरिन ।
त्यस्तै वडा न २ का वडा अध्यक्ष मणिराज बस्नेतले करुणा फाउन्डेसन नेपालले प्रदेश गाउँपालिकाको त्रिपक्षिय साझेदारीमा लिखुपिकेमा अपाङ्गताको क्षेत्रमा राम्रो कार्य गर्दै आएको बताउँदै आगामी दिनमा पनि अपांगताको क्षेत्रमा विभिन्न ब्यबसायिमुखि कामहरु गर्न आग्रह गरे । कार्यक्रममा वडा न २ का वडा सचिब अर्जुन बस्नेत, सब इन्जिनियर पुण्य बस्नेत, करुणा फाउन्डेसन नेपालका कृष्ण बस्नेत, लगायत चण्डिदेबी मिलिजुली अपांग समुहका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

यस्तै प्रकारको कर्यक्रम लिखुपिकेका सबै वडाहरु सञ्चालन हुने करुणा फाउन्डेसन नेपाल लिखुपिकेका संयोजक दिवश सुबेदिले बताए ।





